Latest
img

यी चर्चित अभिनेत्री आकांक्षाले गरिन आ’ त्मह’ त्या

भोजपुरी फिल्म उद्योगकी अभिनेत्री आकांक्षा दुबेले आ’ त्मह’ त्या गरेकी छिन् । मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आ’ त्मह’ त्या गरेको बताइएको छ । दुबे शनिबार एउटा फिल्मको छायांकनपछि एउटा होटलमा गएकी थिइन् ।

सोही होटलमा उनले आ’ त्मह’ त्या गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।आकांक्षाले पासो लगाएर आ’ त्मह’ त्या गरेकी हुन् । होटलको कोठामा उनको श’ व फेला परेको थियो । अहिले प्रहरी यस घटनाको अनुसन्धानमा जुटेको छ । आकांक्षाले ‘वीरो के वीर’ र ‘कसम पैदा करने वाले की २’ जस्ता फिल्महरुमा काम गरेकी थिइन् ।

आज नै उनले भोजपुरी सुपरस्टार पवन सिंहसँगको नयाँ गीत रिलीज भएको छ ।आकांक्षा तीन वर्षको उमेरमा अभिभावकका साथ मुम्बई गएकी थिइन् । उनका अभिभावकले आकांक्षालाई आईपीएम अफिसर बनाउन चाहेका थिए, तर उनलाई डान्स र अभिनयमा रुचि थियो । त्यहि कारणले उनी फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन् । उनी भोजपुरी उद्योगको चर्चित अनुहार थिइन् । आकांक्षा दुबे तीन वर्षको उमेरमा आमाबुवासँग मुम्बई सरिन् । उनका आमाबाबुले उनलाई आईपीएस अफिसर बनाउन चाहन्थे, तर उनको चाहना नृत्य र अभिनयमा थियो।

यो पनि – तमिल फिल्म उद्योग यतिबेला चर्चामा छ। खास गरी तमिल सुपरस्टार धनुषले अभिनेत्री मीना विद्या सागरसँग विवाह गर्ने तयारी रहेको खबर बाहिर पछि तमिल उद्योग चर्चामा आएको हो । यी दुवै कलाकार एकल अभिभावकको भूमिका निभाइरहेका छन्।

मीना साउथ फिल्मकी ठूलो स्टार हुन्। उनले तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दी भाषाका फिल्ममा काम गरेकी छन्। मीना विधवा नारी हुन्। उनको पहिलो विवाह सन् २००९ मा विद्यासागरसँग भएको थियो। गत वर्ष विद्यासागरको कोरोनाका कारण निधन भएको थियो।

मीनाको १२ वर्षकी छोरी छिन्। उनको हेरचाह मीनाले नै गर्दै आएकी छन्। मीना धनुषभन्दा ७ वर्ष जेठी छिन्। मीनाको उमेर ४६ हो भने धनुष ३९ वर्षका हुन्। धनुष आफैंमा डिभोर्सी अभिनेता हुन्। गत वर्ष उनले ऐश्वर्या रजनीकान्तसँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए।

धनुष तमिल फिल्मका ‘थलाइवा’ रजनीकान्तका पूर्व ज्वाइँ हुन्। धनुषको अर्की युवतीसँग अफेयर रहेको चर्चा चलेपछि ऐश्वर्यासँग सम्बन्धविच्छेद भएको थियो । यद्यपि यो कुराको हालसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन। धनुषका दुई छोरा यार्थ र लिंगा छन्।

ऐश्वर्यासँग सम्बन्धविच्छेद पछि धनुष प्रायः दुई छोराका साथ समय बिताइरहेका छन्। धनुषले मीनासँगको सम्बन्धबारे अफवाह भने पनि मीनाले भने कुनै प्रतिक्रिया दिएकी छैनन्। एजेन्सी

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment