Latest
img

अमेरिकामा श्रीमानको क्या’ न्सरबाट ज्यान गयो, दाहसस्कारको लागि पैसा उठाईदै

अमेरिकाको टेक्सस राज्यमा एक ४२ बर्षिय पतिको अर्बुदरो’ ग(क्या’ न्सर)बाट नि’ धन भए पछि दाहसंस्कारको लागि उनकी पत्नीले सहयोगको आह्वान गर्दै गो फन्ड मि संचालनमा ल्याएकी छिन । गत २४ घण्टा अगाडी खोलीएको गो फन्डमा लक्ष्य २० हजार डलर राखिएको छ

भने अहिले मार्च २६ आइतबार ८:३० बजे सम्म १२ हजार ४ सय डलर संकलन भै सकेको छ ।उनले २४ घण्टा अगाडी मात्र दा’ हसंस्कारको लागि सबैमा अनुरोध गरेकी छिन । टेक्सस अर्भिङ्गकि सरस्वती ओलीले भर्खरै मेरो श्रीमानलाई १२ महिना भन्दा बढी समयदेखि

दु’ र्लभ अ’ र्बुद (क्या’ न्सर)सँग संघर्ष गरेपछि गुमाएको गो फन्ड मी मा उल्लेख गरेकी छिन ।श्रीमान केवल ४२ बर्षको मात्र भएको र ११ वर्षीय छोरा र वर्षीया छोरीलाई छोडेर जानु भएको उनले जनाएकी छिन । पतिलाई अ’ र्बुद भएको पत्ता लागेदेखि हामीले निकै कठिन समय भोगेको र

दुबै जना एक वर्षदेखि काम नगरेको समेत ओलीले बताएकी छिन ।उनले दुई बच्चाहरुसंगै आफ्नो जीवन कसरी अगाडि बढाउन सक्छु भनेर सोच्न सकिरहेको छैन भनि भावुक कुरा राखेकी छिन ।उनले श्रीमानलाई बचाउन सक्दो प्रयास गर्‍यौं, तर हाम्रो सबै

समय र पैसा खर्च गरेर पनि पतिलाई बचाउन सकेनौं। अब म अन्तिम संस्कार र हुलाकबाट आउने बिजक (मेलबक्स बिल)हरू सहित आगामी खर्चहरूको बारेमा चिन्तित छु भनि अझ मार्मिक हरफहरु लेखेकी छिन ।मैले मानव जीवनको सत्यलाई स्वीकार गरेको छु ।

आगामी दिनहरूमा मेरा बच्चाहरू र व्यक्तिगत जीवनको हेरचाह गर्ने निर्णय गरेको छु भन्दै ओलीले यस दुखद घडीमा हामीलाई समुदायको प्रार्थना र प्राप्त हुने आर्थिक सहयोगले आफू अगाडी बढ्न सक्ने कुरा व्यक्त गरेकी छिन ।यस्तो छ उनको सार्बजनिक अनुरोध –

म अर्भिङ टेक्सासकी सरस्वती ओली हुँ, मैले भर्खरै मेरो श्रीमान्लाई १२ महिनाभन्दा बढी समयदेखि दु’ र्लभ क्या’ न्सरसँग संघर्ष गरेपछि गुमाएँ। उहाँ भर्खर ४२ वर्षको हुनुहुन्थ्यो र उहाँले मलाई एक ११ वर्षीय छोरा र २ वर्षीया छोरीसँग छोड्नुभयो । उहाँ लाई क्या’ न्सर भएको पत्ता लागेदेखि हामीले निकै कठिन समय भोगेका छौं ।

हामी दुबै जना एक वर्षदेखि काम गरेका थिएनौं, यी दुई बच्चाहरु संगै आफ्नो जीवन कसरी अगाडि बढाउन सक्छु भनेर सोच्न सकिरहेको छैन ।हामीले उहाँलाई बचाउन सक्दो प्रयास गर्‍यौं, तर हाम्रो सबै समय र पैसा खर्च गरेर पनि उहाँलाई बचाउन सकेनौं। अब म अन्तिम सं’ स्कार र हाम्रो मेलबक्समा आउने बिलहरू सहित आगामी खर्चहरूको बारेमा चिन्तित छु।

मैले मानव जीवनको सत्यलाई स्वीकार गरेको छु र आगामी दिनहरूमा मेरा बच्चाहरू र व्यक्तिगत जीवनको हेरचाह गर्ने निर्णय गरेको छु, म हाम्रा साथीहरू र परिवारका समर्थन कलहरू र सन्देशहरूको कदर गर्दछु। यस घडीमा हामीलाई तपाईंको प्रार्थना र आर्थिक सहयोग चाहिन्छ ताकि म अगाडि बढ्न सकूँ ।प्रार्थना र समर्थन को लागी धन्यवाद।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment