काठमाडौँ – कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’का दुईजना कर्मचारी पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सन्देश स्वाँर र अनिल कार्की नाम गरेका कर्मचारीलाई पक्राउ गरेको हो।
उनीहरूमाथि करिब ७० लाख रुपैयाँ हिनामिनाको आरोप छ। कम्पनीले नै दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेको सिआइबीले जनाएको छ। मोबाइल वालेटमा होल्डमा हुने कारोबारको हिसाब मिलाउन बनाइएको फन्डको रकम उनीहरूले डिजिटल कारोबारमार्फत आफूले
प्रयोग गरी कम्पनीलाई ठगी गरेको कम्पनीको आरोप छ। ठूलो रकम हिनामिना भएपछि कम्पनीले प्रहरीमा उजुरी गरेको थियो। गत साता पक्राउ परेका उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान अघि बढाएको सिआइबीका एसपी सञ्जयसिंह थापाले बताए।
उता चैत १५ गते बुधबार डिजिटल वालेट ईसेवाको सेवा अवरुद्ध हुने भएको छ । दोस्रो चरणको डेटावेस अपग्रेडका लागि करिब आधा घण्टा सेवा अवरुद्ध हुने भएको हो ।कम्पनीका अनुसार बुधबार बिहान ३ बजेदेखि साढे ३ बजेसम्म ईसेवाको सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन् ।
“ईसेवाको दोस्रो चरणको डेटा भर्सन अपग्रेड (2nd Phase Database Version Upgrade) सम्बन्धी कार्य गर्नका लागि मिति २०७९ चैत्र १५ गते, बुधबार बिहान ३:०० बजे देखि ३:३० बजे सम्म इसेवाका सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन्,” कम्पनीको सूचनामा भनिएकाे छ ।
यो पनि – चिनियाँ कम्पनी ओप्पो र यसका सहायक ब्राण्डहरू युरोपेली बजारबाट बाहिरिने भएका छन् । लगातार घाटा व्यहोरेपछि युरोप छोड्ने निष्कर्षमा ओप्पो पुगेको हो ।विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार पहिलो चरणमा बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्डलगायतका देशबाट कम्पनी फिर्ता हुनेछ ।
स्मार्टफोन बिक्रीमा उच्च लागत लाग्ने, तर मुनाफा कम हुँदा कम्पनीले यस्तो निर्णय लिएको विश्लेषण गरिएको छ ।ओप्पो र यसको सहायक ब्राण्ड वनप्लसले युरोप छाड्ने तरखर गरिरहँदा अर्को सहायक ब्राण्ड रियलमीले पनि बजार छोड्ने अनुमान गरिएको छ ।
पछिल्लो समय रुस-युक्रेनको युद्ध र आर्थिक मन्दीको प्रभावका कारण मानिसको खर्च गर्ने क्षमता घट्नु पनि ओप्पोले युरोप छाड्नुको एक कारण मानिएको छ ।काउन्टरपोइन्ट रिसर्चले सन् २०२२ लाई स्मार्टफोन ढुवानीका लागि युरोपको सबैभन्दा खराब वर्ष भएको उल्लेख गरेको छ ।
Leave A Comment