Latest
img

दशैँमा बालेनले निकाले अर्को ठूलो विज्ञ्प्ती: रातारात सामाजिक संजालमा भाइरल (विज्ञप्ति सहित)

काठमाडौं:

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् ।

बिहीबार एक विज्ञप्तिमार्फत शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन

महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा नभइ पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्ने जनाएका छन् ।

‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ ।

यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ’, शाहको विज्ञप्तिमा भनिएको छ ।

फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन तथा प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै शाहले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने पनि स्पष्ट गरेका छन् ।

‘यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ ।

सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो ।

यो कायम छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पु¥याउने,

सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’

उनले लेखेका छन् ‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला जेष्ठ नागरिक,

बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर बाहिर निस्कने समय हो । उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो ।’

महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्ने जनाएको छ ।

मेयर बालेनले फुटपाथ व्यवस्थापन कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पारेका छन् ।

आर्थिक वर्ष २०७९–०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका

लागि फुटपाथको उपयोग सहज र सरल बनाइने विषय उल्लेख रहेको पनि शाहको भनाइ छ ।

सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीति बमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने पनि दोहोर्याएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment