Latest
img

गठबन्धनबाट उपेन्द्र यादव बाहिरिने भएपछि प्रचण्डको सचिवालयको यस्तो टिप्पणी

काठमाडौं, २१ असोज ।

जनता समाजवादी पार्टी, नेपाल सत्ता गठबन्धनबाट बाहिरिने भएको छ । आजको बैठकमा जसपा अनुपस्थित् छ । जसपा गठबन्धनबाट बाहिरिने भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले आक्रोश पोखेको छ ।

दाहालकी स्वकिय सचिव गंगा दाहालले फेशबुकमार्फत प्रतिगमन पूरै परास्त नहुँदासम्म गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिएकी छिन् । उनले लेखेकी छिन्-

गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान गर्दै बनेको हो ।

सत्ता या अरु लाभहानी खोज्न चाहना राखेको भए दुई-दुई पटक संविधानमाथि प्रहार भएको परिस्थितिमा गठबन्धनका दलहरुले एमालेसँग मिलेर सत्तालाभ लिन सक्थे ।

तर लोकतन्त्रप्रतिको निष्ठाका कारण गठबन्धनका दलहरु जिम्मेवार बने र संविधानको रक्षा गर्दै स्वभाविक प्रकृतिको निर्वाचनसम्म हामी पुगेका हौ ।

त्यसैले अहिले प्रतिगमनकारी, संघीय लोकतन्त्र बिरोधी शक्तिहरु सीट बाँडफाँडमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाइ लैजाने दिवास्वप्न देखिरहेका हुन सक्छन् ।

तर गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो ।

केही असहमति हुन सक्छ तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस भन्ने हामी सबैको चाहना हो ।

यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतंत्र , संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment