काठमाडौं ।
८ वर्षीय बालक जसले भाइको शव बोकेर सडकमा गाडी पर्खिरहेको एक स्वीर बाहिर आएको छ ।
यो तस्वीर सामाजिक सञ्जालमा देखिएपछि मानिसहरु स्तव्ध बनिरहेका छन् ।
यो तस्वीर सेयर गर्दै मानिसहरुले विश्वमा मानवता संकटमा परिरहेको हो की भन्ने आशंका गरेका छन् । यो दुखद घटना हो भारत मध्य प्रदेशको मोरेनाको ।
मोरेनाको एक गाउँका आठ वर्षीय बालक गुलशन र उनका दुई वर्षीय मृत भाइले धेरैलाई साच्चै रुवाएका छन् ।
दुई वर्षीय बालकको अस्पतालमा निधन भएपछि उनका बुवा पूजाराम जाटवले छोरालाई अस्पतालबाट गाउँ लैजान गाडीको कुरा गर्दा अस्पतालका कर्मचारीले मान्दैनन्। यता उता खोजी गरिदिने कोही भएनन् ।
कसैको साहारा नपाएपछि गाडी बाहिरबाट नै मिलाउन बाबुले भाईको शव ८ बर्षीय दाजुको काखमा हालिलिए र गाडी खोज्न निस्किए ।
अस्पतालले कुनैपनि सवारी साधन नभएकाले बाहिरबाटै मिलाउन सकिने अस्पतालले निर्देशन दिन्छ ।
सोही बेला एम्बुलेन्ससँग कुरा गर्दा एम्बुलेन्सले १५ सय रुपैयाँ माग्छ तर कम पैसामा घरसम्म जान नमानेपछि र ती बुवाले आफ्नो कान्छो छोराको शव आफ्नो आठ वर्षीय जेठा छोरा गुलशनको काखमा थामाएर नेहरु पार्कमा सस्तो गाडी खोज्न निस्किए ।
त्यो बेला ८ वर्षीय बालक जसले भाइको शव बोकेको तस्वीर र भिडियो कसैले खिचिदिएर सामाजिक सञ्जालमा हालिदियो । अहिले यो तस्वीर भाइरल बनेको हो ।
यो घटनाको भिडियो भाइरल भएपछि राज्यको विपक्षी दल कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीमाथि आलोचना गरेको छ। केही मनकारीहरुले सहयोगका लागि खोजी गरिरहेका छन् ।
Leave A Comment