Latest
img

प्रचण्डको शानदार विजयको लागि बाबुरामको शुभकामना

काठमाडौं, २२ असोज ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चुनाव जित्नको लागि अग्रिम शुभकामना दिएका छन् ।

प्रचण्ड यसपटक गोरखा-२ बाट चुनाव लड्ने भएका छन् । सो क्षेत्रबाट यसअघि बाबुरामले चुनाव जित्दै आएका थिए ।

भट्टराईले दाहालले गोरखा २ बाट चुनाव लड्ने निर्णयको स्वागत गर्दै शानदार विजयको लागि अग्रिम शुभकामना दिएका हुन् ।

आज (शनिबार) बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले प्रचण्डको गोरखा-२ बाट उम्मेदावरी निकै ठूलो सांकेतिक महत्वको रहेको उल्लेख गरेको छ ।

उनले लेखेका छन,‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क। पुष्पकमल दाहाल ुप्रचण्डु प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु।

वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ।

उहाँको शानदार विजयको हार्दिक शुभकामना !”

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment