काठमाडौं, २१ असोज ।
नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीमबहादुर रावलले टिकट नपाउने भएका छन् ।
यसअघि उनको नाम अछाम १ बाट एकल रुपमा सिफारिश भएको थियो ।
तर , एमालेमा रावललाई अध्यक्ष केपी शर्मा ओलीले रुचाएका छैनन् ।
उनको नाम उम्मेदवारको रुपमा एकल सिफारिश भएकोमा ओली असन्तुष्ट थिए ।
अहिले पार्टीले अछाम–१ मा झपट बोहोरालाई टिकट दिएको छ ।
बोहोराले टिकट पाएसँगै रावलले के गर्लान् ? भन्ने चर्चा सुरु भएको छ । बोहोरा माओवादी केन्द्र छोडेर आएका हुन् ।
Leave A Comment