Latest
img

ताप्लेजुङमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं, २१ असोज ।

नेकपा (एमाले) ले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले १० भाइलाई अध्यक्ष ओलीले पेलान गरेको अवस्थामा भट्टराईलाई भने टिकट दिएका छन् ।

यसअघि भीम रावललाई एमालेले टिकट दिने भनेको थियो । त

र, अन्तिममा अध्यक्ष ओलीकै आग्रहमा रावललाई उम्मेदवार नबनाउने निर्णय भएको छ ।

पछिल्लो सचिव भट्टराई भने अध्यक्ष ओलीसँग नजिकिएका थिए ।

उनी ओलीको चर्को समर्थकको रुपमा देखिएका थिए ।

एमालेले तिलकुमार मेनेङ्बोलाई प्रदेशसभामा उठाउने निर्णय गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment