काठमाडौं:
अन्तत: सन्दिप लामिछानेलाई लगाइएको हत्कडी खोलियो । अदालतबाट हाँस्दै निस्किए सन्दिप । भिडियो हेर्न तल थिच्नुहोस ।
यो पनि: अदालतले गर्यो यस्तो निर्णय
बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए ।
अदालतमा प्रहरीले ७ दिनको म्याद थप माग गरेको थियो भने उनका वकिलले तीन दिनको म्याद थप गर्न माग गरेका थिए ।
बयान लिने क्रम पनि झण्डै आधा सकिएकाले अनुसन्धानमा लामो समय लिनु भनेको प्रहरीका लागि राम्रो नहुने अधिवक्ता घिमिरेले बताए ।
उनले अदालतमा सूर्यबहादुर थापाको बेन्चले ५ दिनको समय थपेको र कार्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न सकिने बताए ।
यसअघि अदालतले ७ दिनका लागि म्याद थप गरेको थियो । गत भदौ २१ मा एक नाबालिगले सन्दीपविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
Leave A Comment