Latest
img

हार्दिक बधाई तथा शुभकामना नेपालकौ सबैभन्दा सानो उमेरकी १६ वर्षीया किशोरी धरान को स्कुलमा प्रधानाध्यापक

धरान:

धरान-६ पानबारीकी १६ वर्षीया किशोरी स्नेहा निरौला शनिबार एकदिनका लागि श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बनेकी छिन् ।

किशोरीले प्रधानाध्यापक भएपछि छलफल समेत गरेकी थिइन् । विद्यालयमा भएका समस्या बुझ्दै उनले किशोरकिशोरीमैत्री विद्यालय हुनुपर्ने बताइन् ।

विद्यालय तथा अन्य क्षेत्रमा किशोरीहरूमाथि हुने समस्यालाई स्थानीय सरकारसमक्ष जोड्न सहयोग पुगोस् भनेर साmे कार्यक्रमको

आयोजना गरिएको आयोजकले जनाएको । स्नेहाले जिम्मेवारी पाएपछि आफ्नै विद्यालयको एकदिनको प्रधानाध्यापक हुन पाएकोमा अती खुशी प्राप्त भएको छ ।

यहि कुरा बताउँदै आफूमा भएको नेतृत्व, सीप, बोल्ने र विभिन्न चुनौतीसँग लड्न मानसिकरुपमै तयार भएको भन्दै

भविष्यमा आफू मेहनत गरेर यस्तै पदमा पुग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद धमलाले केही नभएपनि एउटी बालिकाले आफ्नो जिम्मेवारी लिँदा धैरै पहिलेदेखि नै यो जिम्मेवारी सम्हालेको झलकहरू रहेको छ

र यो विद्यालय सधैं किशोर किशोरीहरुको हकहितको लागि साथ सहयोग सधैं रहने बताएका छन् ।

आफनै विद्यार्थीलाई आफ्नो पद जिम्मेवारी सम्हालेको देख्दा आफू हर्षित भएको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि धरान वडानं ६ कि महिला वडा सदस्य देविका विश्वकर्माले किशोरीहरूलाई कमजोरीको

रूपमा लिनु नहुने बताउँदै उनीहरुको योजना निर्माणदेखि कार्यान्वयन तहसम्मको भूमिका रहेने बताइन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्रको आयोजनामा १० औं अन्तर्राष्ट्रिय बालिका दिवसअन्तर्गत सो कार्यक्रम आयोजना गरी किशोरीलाई प्रधानाध्यापक बनाइएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment