भक्तपुर, कात्तिक ४ ।
चुनावको संघारमा नेपाली कांग्रेस भक्तपुर र नेकपा (एकीकृत समाजवादी) भक्तपुरलाई अर्को झट्का लागेको छ ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बिहिबार साँझमा आयोजित एक कार्यक्रममा बालकोटकै नेपाली कांग्रेसका नेता चन्द्र कृष्ण श्रेष्ठ सहित ३५ जना युवाहरु एमाले प्रवेश गरेका हुन् ।
त्यस्तै उक्त कार्यक्रम नेकपा एसका नेता तथा गत निर्वाचनका वडा अध्यक्षका उम्मेद्वार समेत भएर ४ सय ५७ भोट ल्याउन सफल सिरुटारका नेता मिलन थापा सहित १५ जना एमाले प्रवेश गरेका छन् ।
एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गरेकाहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
महेन्द्र यादवको दाबी : यसपटक रघुवीर महासेठ मसँग नराम्रोसँग हार्दै हुनुहुन्छ (भिडिओसहित)
महेन्द्र यादवको दाबी : यसपटक रघुवीर महासेठ मसँग नराम्रोसँग हार्दै हुनुहुन्छ (भिडिओसहित)
नेपाली कांग्रेसका सह-महामन्त्री एवम् धनुषा-४ का प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि यसपटक आफ्नो प्रतिष्पर्धा त्यति कडा नभएको उनको भनाई छ ।
आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले कांग्रेससहितको गठबन्धनको भोट ४५ हजार रहेको र आफ्नो मुख्य प्रतिष्पर्धीको रुपमा रहेका एमाले सचिव रघुवी महासेठको भोट जम्मा २२ हजारमात्रै रहेको बताए ।
उनले भने,”हाम्रो अहिले ४५ हजार मत छ, उहाँ (रघुवीर) जीको २२ हजार मत छ । अनि कसरी उहाँले जित्नुहुन्छ त ?” उनले महासेठलाई राजनीतिक रुपमा बुझेको व्यक्तिको रुपमा आफूले नठानेको पनि चित्रण गरे ।
यादवले यसपटकको निर्वाचनमा महासेठ आफूसँग नराम्रोसँग पराजित हुन लागेको दाबी गरे । उनले महासेठले ०७४ मा जितेर गएपछि सो क्षेत्रको विकासको लागि केही पनि काम नगरेको आरोप लगाए ।
Leave A Comment