Latest
img

राजनेता ओलीले आज नागरिकसँग टेलिफोन संवाद गर्ने, १ लाख ७१ हजारले टिपाए नम्बर

काठमाडौं, कात्तिक ४ ।

नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् ।

उनीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयले जनाएको छ ।

‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ उनले भनेका छन् ।

धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो २ बजेपछि नाम टिप्न बन्द गरिएको थियो ।

नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मंगलबार अनुरोध गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment