Latest
img

सत्ता गठबन्धनलाई धक्का, राजु गुरुङको उम्मेदवारी खारेज (सर्वोच्चको आदेशसहित)

काठमाडौं, ४ कार्तिक ।

सर्वोच्च अदालतले रुपन्देही–२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको छ ।

आज (शुक्रबार) न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज गर्ने आदेश दिएको हो ।

आजको इजलाशले यसअघि गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment