Latest
img

मंसिर ४ पछि एमाले नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौँ —

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् । अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै ओलीले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताएका हुन् ।

पार्टीको भ्रातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन नेता, कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँगाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आहृवान गरे ।

वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उनले त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने पनि बताए ।

‘यो सरकार काम गर्न जन्मेकै होइन । अब मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्छ । राजमार्गको गाडीभन्दा छिटो विकासको गति अगाडि बढ्छ,’उनले भने, ‘यो सन्देश तपाईंहरुले गाउँगाउँमा लिएर जानुहोस् ।’

उनले निर्वाचनको बेला जनतालाई अलमल्याउने काम सत्तारुढ दलहरुले गरिरहेको आरोप लगाए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरुले निर्वाचन आचारसंहिताविपरीत फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment