Latest
img

लेखेर राख अबको प्रधानमन्त्री मै हो : खुश्बु ओलीको

काठमाडौं, ।

आगामी निर्वाचनमा प्रतिनिधिसभाको लागि झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी युवा नेतृ खुश्बु ओलीले आफूले निर्वाचन जित्ने दाबी गरेकी छिन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

उनले यसपटकको निर्वाचनमा काम नगर्ने शीर्ष नेताहरुलाई चूनौति रहेको टिप्पणी गरिन् ।

उनले आफूले गाउँ गाउँ डुलेर चुनावी एजेण्डा सुनाएको र सो क्षेत्रका जनताले आफ्नो एजेण्डा मन पराएको सुनाईन् ।

उनले आफू मुलुकको प्रधानमन्त्री बन्ने लक्ष्य लिएर चुनावी राजनीतिमा होमिएको स्पष्ट पारिन् ।

कुराकानीको क्रममा पत्रकार धमलाले नेपालमा प्रधानमन्त्री बन्न कठिन रहेको र त्यसको लागि भाग्यमा पनि लेखेको हुनुपर्ने बताएपछि नेतृ ओलीले सो कुरामा सहमति जनाउँदै आफ्नो कुण्डलीमा त्यो कुुरा लेखिएको खुलासा गरिन् ।

उनले भनिन्,”मेरो कुण्डली त एकदमै राजनीतिमा सफल हुने भनेर लेखेको छ।

ज्योतिषजीहरुले उद्घोष नै गरिसक्नुभएको छ, तपाईँले चुनाव जित्नुहुन्छ भनेर भन्नुभएको छ ।” यद्धपी उनले आफू जनताको मन जितेर नै संसद्मा पुग्ने देशको नेतृत्व सम्हाल्ने स्पष्ट पारिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment