काठमाडौं । यो समाचारमा क्षमताभन्दा बढी यात्रु राखेको भन्ने शब्द लेख्नपनि आफैलाई लाज लाग्ने अवस्था छ । किनकी तीन पाङ्ग्रे टेम्पो अर्थात अटो रिक्सामा मात्र ३ जना यात्रु चढ्न मिल्छ ।एकजना चालक अगाडि हुन्छन् भने तीन यात्रु पछाडि ।
तर, भारतमा त्यस्तो ट्याम्पुमा २७ जना यात्रु भेटिएका छन् । यो देख्दा प्रहरी नै चकित बनेको छ ।अहिले भारतमा एउटा भिडियो भाइरल छ जसले ट्याम्पुमा २७ यात्रु भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको देखाइएको छ । यो घटना उत्तर प्रदेशको फतेहपुरको हो ।
एकमाथी अर्को गर्दै यसरी मान्छे कोचिएका थिए की देख्नेहरु नै हैरान भए ।रिक्सामा कोचोकोच गरी २७ जना राखिएका थिए । जसमा पाका र बालकालिका समेत थिए । एकजना चढ्ने अगाडिको सिटमै चारजना बसेको भेटिएको थियो ।ट्याम्पुलाई प्रहरीले रोक्न खोज्दा भागेपछि लखेटेर नियन्त्रणमा लिइएको थियो ।
प्रहरी नै २७ जना भेटिएपछि छक्क परेको थियो । उनीहरु कसरी बस्न सके भनेर भिडियो देख्नेहरु चकित बनेको छन् । यो असत्य समाचार हैन । मानिसहरु २७ जना नै भेटिएका हुन् । त्यसको भिडियो समेत बनेको छ ।भिडियो
यो पनि -पछिल्लो समय अभिनेता आमिर खानकी छोरी इरा खान र एक युवकको तस्बिर इन्टरनेटमा निकै भाइरल भइरहेको छ । युवकको निधारमा हेर्नुभयो भने रातो टिका देख्नुहुनेछ ।यो तस्बिरको क्याप्सनमा आमिर खानको घरमा काम गर्ने नोकर हिन्दू भएको बताइएको छ ।
र यसले उनकी छोरी इराका कारण आमिर खानको ईज्जत गएको समेत बताइएको छ ।यो तस्बिर सेयर गर्दै एक फेसबुक प्रयोगकर्ताले क्याप्शनमा लेखेका छन्, –हिन्दुहरूलाई अपमानित गर्न हिन्दू नोकरलाई काममा लगाउने आमिर खान, उनकी छोरी इरा खान आफ्नो हिन्दू नोकरसँग फरार भइन्।
तर सामाजिक सञ्जालमा गरिएको यो दाबी पूर्णतया झुटो र आधारहीन छ । वास्तवमा इरा खान जससँग उभिरहेकी छिन् उनी फिटनेस ट्रेनर नुपुर हुन् ।जो आजकल इरा खानको प्रेमी पनि हुन् । इरा खानले आफैंले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसको जानकारी दिएकी हुन् ।
भाइरल भइरहेको तस्बिरको बारेमा कुरा गर्दै, यो नुपुरले १७ नोभेम्बर २०२२ मा दिवालीमा पोस्ट गरेका थिए ।जसको क्याप्शनमा उनले लेखेका छन्– किनकि हामी लुगा लगाउन र मुस्कुराउन मन पराउँछौं, शुभ दीपावली ध्यान दिन लायक छ कि हालै इराले ११ फेब्रुअरी २०२१ को दिन ब्रेक लिएकी थिइन् ।
Leave A Comment