Latest
img

यति धेरै चर्चित नेपाली अभिनेत्रीलाई मान्छेहरुले चिन्न सकेनन्

काठमाडौं ।अभिनेत्री पूजा शर्मा समाजिक सञ्जालबाट हराएकी थिइन् । उनी सामाजिक सञ्जालमा देखा नपरेपछि धेरैले चासोको साथ हेरेका थिए ।पछिल्लो समय उनी सामाजिक सञ्जालमा फर्किएकी छन् । लामो समयको अन्तरालमा गत बिहिबारदेखि फेसबुकमा फर्किएकी हुन् ।

शनिबार आफ्नै आधिकारीक फेसबुकमा एक्सन अवतारमा एउटा तस्बिर सार्वजनीक गरेकी छन् । उनले लेखिन्, ‘पूर्णताको कुनै डर राख्नुहोस्, तपाईं पुग्न कहिल्यै सक्नुहुन्न ।’उक्त तस्बिरमा सेतो माक्स लगाएर बिच बाटोमा उभिएको तस्बिर पनि सार्वजनिक गरेकी छिन् ।

पटकपटक विभिन्न गतिविधिहरुले गर्दा विवादमा पर्दै आएकी शर्मा सफल अभिनेत्री तथा फिल्म निर्माताका रुपमा परिचित छिन् ।उनलाई फिल्म निर्माता भन्दा पनि अभिनेत्रीका रुपमा बढी चिन्ने गरिन्छ । गत बिहिबारबाट सञ्जालमा फर्किएकी शर्मा करिब १ महिना गायब हुनुको कारण पनि खुलेको छ ।

उनले ललितपुरमाको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको बुझिएको छ ।स्रोतका अनुसार बहुउद्देश्यी स्पोर्ट लाउन्ज सञ्चालनमा आउन लागेको छ । तर यस बिषयमा उनले कुनै जानकारी दिन मानेकी छैनन् । सामाजिक सञ्जालबाट एकाएक हराएकी शर्माले केही समय अगाडि आफूले राम्रो काम गर्दा पनि नराम्रो काम गरेको भन्दै विरोध गरेका कारण असन्तुष्टि जनाएकी थिइन् ।

उनको तस्बिरमा प्रतिकृया दिदैँ धेरैले चिन्न गाह्रो भएको भनेका छन् । कतिले दाजु कता ? भनेर सोधेका छन् ।जवाफमा शर्माले केटी साथी भेट्न जान लागेको भनेकी छिन् । पूजा हो कि पुजन छुट्याउन गाह्रो परेका कमेन्ट पनि आइरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment