Latest
img

ज’घन्य अपराधका केस मेलमिलापमा टुंगिन्छन्, स-साना केस वर्षौ अदालतमा अड्किन्छन् : बालेन

काठमाडौं। काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा राखेका छन् । बुधवार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् ।

मेयर शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ थियो । ज’घन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताए।

‘नेपालमा के चलन छ भने ठूल्ठूला केसहरू फेरि मेलमिलापमै समाधान हुन्छन । स–साना केसहरु चाँही ५ वर्ष, १० वर्ष अदालतमा अड्किन्छ । त्यो हुनुहुन्न । एकदमै जघन्य अपराध भएका कुराहरुलाई पनि हामीले मेलमिलाप गरेर सल्टयाई दिन्छौं,’ उनले भने, ‘त्यस्तो हुनु हुँदैन ।

त्यो चाँही जुन अदालतमै जानुपर्ने, जुन एकदमै ज’घन्य अपराधमा पर्छ । जसका लागि सजायनै हुनुपर्दथ्यो । त्यस्ता चिजहरुमा मेलमिलाप हुनुहुँदैन । त्यस्ता चिजहरुलाई सम्बन्धित निकायमै लैजानुपर्ने हुन्छ ।’ ‘यो केसमा कुनै पनि किसिमको भ्रष्ट आचरण आयो भने त्यो सफल हुन सक्दैन ।

त्यही भएर हामी स्वच्छ हुनुपर्दछ । हामी आफैंमा इमान्दार हुनु पर्दछ । हामी स्थानीय सरकार भएको हुनाले हाम्रो ठाउँ र नगरप्रति बफादार भयौं भने यसले निकै राम्रो काम गर्नेछ,’ उनले अगाडि भने ।मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने पनि बताएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment