Latest
img

Breaking: अष्ट्रेलियाको सनसाईनकोष्टमा २२ वर्षीया नेपाली विद्यार्थीको मृ’त्यु !

अष्ट्रेलिया– अष्ट्रेलियाको सनसाईनकोष्टमा एक जना नेपाली विद्यार्थीको नि’धन भएको छ । नेपालस्थित बुटवल स्थायी घर भएका २२ वर्षीया विद्यार्थी बुधबार बिहान आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएका हुन ।

तत्कालै एम्बुलेन्स मार्फत नजिकैको अस्पताल लगिएको भएपनि अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृ’त घोषणा गरेको एनआरएनए क्वीन्सल्याण्डका संयोजक बिनोदभक्त आचार्यले जानकारि दिनुभयो । प्रहरीमार्फत घटनास्थलको स्थलगत मुचुल्कासहित निधनको कारण पत्ता लगाउन श’वको पो’ष्टमार्टम प्रक्रिया सुरु गरिएको बताइएको छ ।

घटना बारे नेपालस्थित परिवारलाई जानकारि गराइएको र परिवारको चाहाना बमोजिम मृतकको श’व नेपाल पठाइनेगरि तयारी थालिएको समेत संयोजक आचार्यले जानकारि दिनुभयो ।मंगलबार राती १ बजे कामबाट फर्किएर कोठामा आराम गरेका मृ’तकले १५ दिनसम्म लगातार काम गरेको समेत पाइएको छ ।

अघिल्लोे साता मात्रै नेपालस्थित बेनी नगरपालिका स्थायी घर भई २ महिना अघि मात्रै सिड्नी आएका एक नेपालीको निधन भएको थियो ।म्याग्दीको बेनी स्थायी घर भई अध्ययनका लागि २ महिना अघिमात्रै अष्ट्रेलिया गएका नारायण सुवेदीको अक्टोबर २४ तारिखमा नि’धन भएको हो।

उनको शव व्यवस्थापनका लागि आर्थिक समस्या देखिएपछि म्याग्दी ओभरसिज नेप्लिज एसोसिएसन(मोना) आष्ट्रेलियाले परिवारको सहयोगार्थ आर्थिक संकलन अभियान सुरू गरेको छ। नियमित पढाई, कामको तनावको चरम मानसिक तनावमा पुगेपछि म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरका २४ बर्षीय नारायण सुवेदीले आ’त्मह’त्या गरेका थिए।

आफू बस्ने अपार्टमेन्टको १२ औं तलाबाट हामफालेर आ’त्मह’त्या गरेका २४ बर्षीय सुवेदीको शव व्यवस्थापनका लागि रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अगुवाईमा आर्थिक अभियान सुरु गरेको हो।

श’व व्यवस्थापन र नेपाल फिर्ताका लागि निकै आर्थिक व्यवस्थापन आवश्यक पर्ने भएपछि मोनामार्फत अभियान सञ्चालन गरिएको सचिब एवम् सहयोग समितिका सचिव दिनेश खत्रीले बताए। उच्च शिक्षाकै लागि ठूलो आर्थिक व्यवस्थापन गरेको परिवारले शव नेपाल ल्याउन आवश्यक खर्च जुटाउन समस्या भएपछि मोनामार्फत अभियान सुरु गरिएको सचिव खत्रीको भनाई छ।

श’व व्यवस्थापन र नेपाल फिर्ताका लागि १६ हजार अस्ट्रेलियन डलर भन्दा बढी खर्च हुने अनुमान गरिएको छ। एमबिए अध्ययनका लागि सिड्नी पुगेका सुवेदी चरम मानसिक तनावमा थिए। उनले उच्च शिक्षा सरह कामका बारेमा साथीभाईसँग गुनासो समेत गर्ने गरेका थिए।

सिड्नीस्थित स्टाटफिल्डमा आफन्तजनसँगै बस्दै आएका सुवेदीको श’व व्यवस्थापनका लागि म्याग्देलीसँगै नेपाली साथीभाई र आफन्तजनबाट सहयोग प्राप्त भइरहेको मोना अस्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठले बताए।

सहयोग समितिमा समितिको सदस्यहरुमा, मोना अस्ट्रेलियाका प्रवक्ता श्रेष्ठ, कोषाध्यक्ष सुमन बानियाँ र परिवारका प्रतिनिधीहरु रहेका छन्। मोना अस्ट्रेलियाले त्यहाँ रहेका म्याग्देलीको हितमा धेरै मानवीय तथा सामाजिक कार्य गदैं आइरहेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment