एजेन्सी । आफ्ना मृतक आफन्तको इच्छा पुरा गर्न कतिपयले हिम्मत र साहसको काम गर्छन् । भारतका दुई महिला पनि आफ्ना मृतक श्रीमानको इच्छा पुरा गर्न भारतीय सेनामा भर्ना भएर राष्ट्रको सुरक्षामा ज्यान अर्पण गर्ने कसम खाएका छन् ।
आफ्नो मृतक श्रीमान र राइफलमैन रिगजिन खाण्डपको सपना पुरा गर्न रिगजिन शोरोल भारतीय सेनामा नियुक्त भएकी छिन् । शोरोल सेना अधिकारीको प्रशिक्षण विद्यालयमा ११ महिना कठोर तालिम गरेपछि लेफ्टिनेन्ट शोरोल बनेकि छिन् । उनी अहिले भारतीय सेनामा आधिकारीक रुपमा नियुक्त भएकी छिन् ।
यसरी भारतीय सेना अधिकारीको रूपमा नियुत्ती लिदाँ शोरोलले आफ्नो छोरालाई बोकेर आएकी थिइन् । उनले त्यस क्रममा आफूले श्रीमानको सपना पुरा गरेको भन्दै श्रीमान आफूलाई सेना अधिकारीका रुपमा हेर्न चाहेको बताएकी छिन् । उनले भनेकी छन्, ‘अब मेरो श्रीमानलाई म प्रति गर्व हुनसक्छ ।
किनभने उहाँ मलाई सेना अधिकारीको रुपमा हेर्न चाहानुहुन्थ्यो ।’ लेफ्टिनेन्ट शोरोलका श्रीमान रिगजिन खाण्डप लद्दाख स्काउट्सको जेडांग सुंपा बटालियनमा राइफलम्यान थिए । उनले आफ्नो ड्यूटीकै समयमा ज्यान गुमाए ।यस्तै, हरवीन कौर कहलों पञ्जाबको जालन्धरको एक निजी स्कूलमा शिक्षिका थिइन् ।
तर उनका श्रीमान क्याप्टेन कम्वलपाल सिंह कहलोंको मृत्यु भयो । तर यस अघि कम्वलपालले पनि हरवीनलाई सेनामा भर्ति हुन आग्रह गर्दै आएका थिए ।श्रीमानको मृत्युपछि श्रीमानको सोहि सपना पुरा गर्न हरवीन पनि सेनामा भर्ति भइन् । उनी पनि ११ महिनाको कठोर तालिम पश्चात भारतीय सेनामा नियुक्त भएकी छन् ।
हरवीनले भनेकी छन्, मेरो श्रीमानले म सेनामा भर्ना होस् भन्ने चाहानुहुन्थ्यो । उहाँकै सपना पुरा गर्न म भारतीय सेना प्रवेश गरेको छु ।हरवीनका अनुसार उनी श्रीमानले देखाएको बाटोमा सदैव लाग्नेछिन् । जसरी देशको सेवामा श्रीमानले ज्यान गुमाए त्यसरी ज्यानको बाजी थापेर देशको सेवा गर्ने उनको लक्ष्य छ ।भिडियो
Leave A Comment