Latest
img

चुनावपछि ठूलठूला भ्रष्टाचारको फाइल खोल्छौं, भ्रस्टचारी नेता जेल जान्छन : धनराज गुरुङ

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा २ का उम्मेदवार धनराज गुरुङले अबको सरकार बनेपछि ठूलठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने औंल्याएका छन् । उनले भने–‘हामीले पटकपटक व्यवस्था बदल्यौं तर भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न सकेनौं ।

भ्रष्टलाई कांग्रेस वा कम्युनिस्ट भन्नु जरुरी छैन । मैले सञ्चारमाध्यममा मात्र नभएर पार्टीको केन्द्रीय समिति बैठकमा समेत यो कुरा भनेको छु । भ्रष्ट प्रवृत्तिको डँडाल्नुमा नहानेसम्म सुशासन हुन सक्दैन । जनतामा सुशासनको प्रत्याभूति नभएसम्म देशको विकास सम्भव छैन ।

पाँच दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रममा ठूलठूला भ्रष्टाचारको फाइल खोल्ने भनिएको छ, चुनावपछि त्यसको तत्काल कार्यान्वयन गर्नुपर्छ ।भ्रष्टाचारको विरोध गर्दा तपाईंको पद नजाला भन्ने पत्रकार धमलाको प्रश्नमा गुरुङले थपे, राजनीतिमा लोभ गर्नुहुन्न ।नेताले एक्सन आफ्टर एक्सन गर्दै जाने हो ।

पद त थोत्रो जुत्ता जस्तो हो । आउँछ, जान्छ । हामीले विचार गर्नुपर्ने कुरा के भने भ्रष्ट प्रवृत्तिका कारण विकास नभएको हो । कालोपत्रे गरेको सडक ६ महिनामै किन उप्किन्छ ? त्यही भ्रष्ट प्रवृत्तिले हो । मैले गल्ती गरेको छैन, त्यसैले भ्रष्ट नेताका अगाडि आज पनि बोल्ने आँट छ ।

‘समुन्नत स्याङ्जा’ आफ्नो चुनावी एजेन्डा भएको पनि उनले बताए । गुरुङले भने, सिद्धार्थ राजमार्ग स्याङ्जाको लाइफलाइन हो । यसलाई डेडिकेटेड डबल लेनको राजमार्ग नबनाई हुन्न । वालिङको छायाक्षेत्रवाट बायाटारीसम्म सडक विस्तारका कारण धुलैधुलो छ ।

जनताको स्वास्थ्यमा समस्या भैसक्यो । अब त्यसलाई कालोपत्रे गर्नुपर्ने आवश्यकता छ । ग्रामीण सडक जोखिमयुक्त छन् । सुविधासम्पन्न अस्पताल छैनन् । ती कुरालाई म सम्बोधन गर्छु ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment