Latest
img

सन्दिप लामिछानेको बैंक खाता हेर्दा सरकारी वकिलनै छक्क परे

क्रिकेटर सन्दीप लामिछाने बालिका ब’ ला त्कारको आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जालमा दुई खालका प्रतिक्रिया आईरहेका छन्। कसैले सन्दीपलाई गलत भनिरहेका छन् भने कतिपयले आरोप लगाउने किशोरीलाई नै गलत भएको ब्याख्या गरिरहेका छन्।

किशोरीलाई गलत देख्नेहरुले ति किशोरीले सन्दीपको सम्पत्ति देखेर षडयन्त्र गरेको वनाउने गरेका छन् । तर, सन्दीपको बैंक खातामा भने जम्मा ६५ हजार रुपैयाँ मात्र फेला परेको छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले एनआईसी एसिया बैंकको खातामा रहेको उक्त रकम रोक्का गर्न माग गरेको छ।

आईतवार लामिछाने विरुद्ध मुद्दा दर्ता गर्ने क्रममा उनको खातामा रहेको नगद तथा चितवन– ७ कल्याणपुरमा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको हो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सन्दीपको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ छ।

लामिछानेविरुद्ध जिल्ला अदालतमा १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको चलअचल सम्पत्ति रोक्का गर्न माग गरिएको हो। सरकारी वकिलको कार्यालयले संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनीयता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि इजलाससमक्ष माग गरेको छ।

सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् ।यता क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको ब’ला त्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदै छ। जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबार सुरु सुनुवाइले आज पनि निरन्तरता पाउने भएको हो।

बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सन्दीपतर्फबाट शम्भु थापा, रमण श्रेष्ठ, लब मैनाली, सविता भण्डारीलगायत वरिष्ठ अधिवक्ताले बहस गर्दै छन्। यसअघि यसमा शम्भु थापा सहभागी नरहे पनि उनलाई बुधबार बेलुका फोन गरेर बहसका लागि आग्रह गरिएको हो।

थापाले बिहीबार बिहान भने, ‘हिजो बेलुका फोन गर्नुभएको थियो, फाइलचाहिँ आइपुगेको छैन।’ यसअघि बुधबार सन्दीपका पक्षबाट अधिवक्ताद्वय मुरारीप्रसाद सापकोटा र रोशन पौडेलले बहस गरेका थिए। सन्दीपका कानुन व्यवसायीले बलात्कार नभएको र किशोरीको उमेर पनि १९ वर्ष पुगेको जिकिर गरेका छन्।

यसअघि नागरिकताका आधारमा किशोरीको उमेर १८ वर्ष मात्रै रहेको दाबी गरिएको थियो। सन्दीप पक्षले भने किशोरीको उमेर १९ वर्ष रहेको प्रमाण अदालतमा पेस गरेको छ। सन्दीप पक्षले किशोरीको उमेर १९ वर्ष रहेको जन्मदर्ता, बसाइँसराइको प्रमाणपत्र र सुरुमा विद्यालयमा भर्ना हुँदाको प्रमाण पेस गरेको छ।

जसअनुसार किशोरीको उमेर १९ वर्ष पुगेको देखिन्छ। पीडित पक्षका कानुन व्यवसायीले भने नाबालिगलाई ब’ ला त्कार गरिएको दाबी गरेका छन्। १८ वर्षभन्दा कम उमेर भए सहमतिमै भएको क’ र णीलाई पनि बलात्कार मानिने भएकाले अदालतमा बहस उमेरमा केन्द्रित भएको छ।

सन्दीप पक्षको बहस सकिए उनलाई थुनामा पठाउने वा थुनाबाहिर राखेर मुद्दाको टुंगो लगाउने भन्ने आदेश हुनेछ। सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्ध सोमबार मुद्दा अदालतमा दर्ता गरेको हो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

तर तिहार बिदा भएकाले मुद्दा दर्ता हुन सकेको थिएन। लामिछानेले ना’बालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर दुईपटक ब’ला त्कार गरेको आरोप छ। ब’ला त्कार आरोपमा उनलाई १० देखि १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ।

यस्तै ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग पनि अभियोग पत्रमा गरिएको छ। बलात्कार आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका हुन्। त्यसको एक महिना पहिले उनीविरुद्ध प्रहरीमा ब’ ला त्कारको जाहेरी परेको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment