Latest
img

सन्दिपका वकिलले देखाए धमाका, सन्दिप र सन्दिप समर्थकहरु खुसीले गदगद !

काठमाडौं । सन्दीप लामिछानेलाई ब’ ला त्कारको आरोप लगाउने किशोरी बालिग भएको दाबी उनको पक्षबाट बहस गर्ने कानून व्यवसायीले गरेका छन् । सन्दीपका एक कानून व्यवसायी मुरारी सापकोटाका अनुसार आरोप लगाउने किशोरी २०६१ साल असार १८ गते जन्मिएको भनी दर्ता भएको जन्मदर्ता फेला परेको छ ।

स्थानीय निकायमा गरिएको उक्त जन्मदर्ता २०६१ असोज १८ गते जारी भएको सापकोटाले बताए । तर किशोरीको उक्त जन्ममिति २०७९ साल असार १४ गते सच्याएर त्यसको भोलिपल्ट नागरिकता बनाएको भेटिएको उनको भनाइ छ ।किशोरीले प्रहरी र अदालतमा पेश गरेको जन्मदर्ता नागरिकतामा उनको जन्ममिति २०६२ जेठ १८ उल्लेख छ ।

त्यसको आधारमा उनको उमेर १७ वर्ष ४ महिनामात्र हुन्छ ।जन्मदर्ता सच्याएको भन्दा अगाडिको प्रमाणपत्रलाई आधार मानेर सन्दीपका कानून व्यवसायीले आरोप लगाउने किशोरीको उमेर घटना भएको भनिएको दिन १८ वर्ष कटिसकेको तर्क गरेका हुन् ।

अदालतमा भएको बयानकै क्रममा सन्दीपले जन्मदर्ताको प्रतिलिपि पेश गरेको सापकोटाले बताए । १८ वर्षसम्मको किशोरीसँग सहमतिमै यौ’ न सम्बन्ध भएपनि ब’ ला त्कार मानिने कानूनी व्यवस्था छ ।त्योभन्दा माथिको उमेरमा भने राजीखुशीको सम्बन्धलाई ब’ ला त्कार मानिँदैन ।

सन्दीप र किशोरीबीच आपसी सहमतिमै सम्बन्ध भएको हो र यदि किशोरी नाबालिग हुन् भने सन्दीपलाई सजायबाट उन्मुक्ति मिल्न सक्छ । यद्यपि, सन्दीपले भने आफूहरूबीच यौ’ नसम्बन्ध नभएको बताएका छन् ।थुनछेक बहसको पहिलो दिन पीडित भनिएकी किशोरीका तर्फबाट ७ जना र सन्दीपका तर्फबाट दुईजनाले बहस गर्नेछन् ।

पीडित भनिएकी किशोरीका तर्फबाट चारजना सरकारी वकिल र तीनजना निजी वकिलले बहस गरेका छन् । यस्तै सन्दीपका तर्फबाट सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment