Latest
img

१६ करोड भारुमा बनाएको साउथ फिल्म ‘कांतारा’ले ३०७ करोड कमाएपछि पुरै बलिउड जगत चकित

दक्षिण भारतीय फिल्म ‘कांतारा’ले समीक्षकबाट सकारात्मक समीक्षा पायो। सँगै दर्शकबाट पनि फिल्मको ‘माउथ पब्लिसिटी’ बढ्यो।कन्नड फिल्म कांतारा ३० सेप्टेम्बरमा प्रदर्शनमा आएको हो। सुरुमा कन्नड भाषामा मात्र प्रदर्शनमा आए पनि पछि तेलुगु, तमिल र हिन्दी भाषामा पनि फिल्म प्रदर्शनमा आएको थियो।

तीन वटै भाषामा फिल्मले धुँवाधार कमाइ गरेको छ। यसबीच एक महिना नाघिसक्दा पनि फिल्मको व्यापारमा कमी आएको छैन। ऋषभ सेट्टीको निर्देशनमा तयार भएको फिल्मले अपत्यारिलो रूपमा ३३ दिनको अवधिसम्ममा ३०७.५६ करोड भारुको ग्रस कमाइ गरेको छ।

भारतमा मात्र फिल्मले सबै भाषामा गरेर २४२ करोड भारु नेट कमाइ गरेको छ। अर्थात् ग्लोबल मार्केटमा ३०० करोड भारुभन्दा बढीको व्यापार गर्ने यो दोस्रो कन्नड फिल्म हो। पहिलो ‘केजीएफ २’ हो। केही दिनअघि ‘केजीएफ १’ को रेकर्ड कांताराले तोडिसकेको छ।

छिटै कांताराले ३५० करोड भारुको कमाइ गर्ने अनुमान गरिएको छ। रोचक त के छ भने, कांतारा केवल १६ करोड भारुमा बनाइएको हो। पुस्तौँदेखि भोगचलन गर्दै आएको जमीनको स्वामित्वका लागि लड्ने गाउँलेहरूको कथा फिल्ममा छ। फिल्ममा हास्यव्यङ्ग्य, रोदन, एक्सन, थ्रिलर, प्रेम लगायत सबै पक्ष अटाएको हुँदा यो दर्शकको रोजाइमा परेको छ।

फिल्ममा मौलिक कथा छ भने त्यसको बलियो प्रस्तुति देख्न सकिन्छ। निर्देशकले कथाले भन्न खोजेको कुरालाई प्रष्टसँग देखाउन सकेका छन्। नेपालमा समेत आजको दिनसम्म पनि कांतारा हाउसफुल चलिरहेको छ। साढे दुई घण्टा लामो फिल्मले भरपूर मनोरञ्जन दिनेछ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment