Latest
img

सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ: अधिवक्ता रिजाल

काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको छ ।हिजो बुधवारदेखि जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गर्नुभएको थियो । सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी ना’बालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीप विरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् ।

भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलहरूले बहस गर्नेछन् । आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका ना’बालिग नभएको प्रमाण पेस गरेको बताउनुभयो । उहाँले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाइँसराइको कागजबाट पनि किशोरी ना’बालिका होइनन् भन्ने पुष्टि हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पुरानै प्रमाणहरू पेस गर्‍याैँ । पीडित भनिएकी किशोरी नाबालिग होइनन् भन्ने कुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ । उनको अस्पतालको कागज, उनको संशोधित जन्मदर्ता, बसाइँसराइको कागजबाट नाबालिग होइनन् भन्ने पुष्टि हुन्छ ।

सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ ।’सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ । बुधवारदेखि नै थुनछेक बहस सुरु भए पनि क्रिकेटर लामिछाने पक्षबाट कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment