काठमाडौँ – परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट नि’धन भएको छ। सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार अपरान्ह ठक्कर दिएको थियो। अनामनगर बस्दै आएकी सुब्बा कार्यालय समय सकेर घर फर्किंदै थिइन्।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार ठक्करबाट घाइते सुब्बालाई तत्काल उपचारका लागि मोडल अस्पताल पुर्याइएको थियो। प्रहरीका अनुसार साँझ ६ बजे पूर्वी गेटअगाडि हनुमानस्थानबाट अनामनगरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
उनलाई अस्पतालले मृ’त घोषित गरेको हो। सुब्बा मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन्। उनी २०६९ मा अधिकृत पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन्। २०६९ मा सेवा प्रवेश गरेकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत थिइन्।
उनले इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुख समेत भएर काम गरेकी थिइन्। ‘उहाँ आज कार्यालय समयभन्दा पछिसम्म कार्यालयमा हुनुहुन्थ्यो,’ परराष्ट्रका ती अधिकारीले भने, ‘उहाँ अत्यन्त मिलनसार र मेहनती हुनुहुन्थ्यो। उहाँको नि’धनमा निकै दुःखी छौँ।’
अधिकृत सुब्बा मन्त्रालयकी कुशल कर्मचारीमा पर्थिन्। उनी गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालले नेतृत्व गरेको टोलीको सदस्यका रूपमा न्युयोर्क पनि गएकी थिइन्। राष्ट्रसंघ महाशाखाअघि उनी राहदानी विभागमा कार्यरत थिइन्।
झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा छन्।। सुब्बालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक पनि घाइते छन्। सुब्बाको श’व पो’स्टमा’र्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
Leave A Comment