Latest
img

‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिएपछि अपशब्द बोल्दै निस्कीन यी प्रतिस्पर्धी

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ गायन रियालीटी शोको चौथो सिजन अहिले चलिरहेको छ ।जेठ १ गते डिजिटल अडिसनबाट सुरु भएको उक्त गायन रियालिटी शोले अहिले ब्लाइन्ड अडिसन हुँदै ब्याटल राउण्डमा पुग्दासम्म दर्शकको अपार माया पाएको छ ।

यस शोलाई पछिल्लो समय नेपालको उत्कृष्ट शोका रुपमा लिने गरिन्छ ।‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा ब्याटल चरणबाट सरु राई बाहिरिएकी छन् । ब्याटल राउण्डबाट बाहिरिने क्रममा ‘गयो मुला’ भन्दै अपशब्द बोल्दै निस्किएका कारण उनी भाइरल भएकी हुन् ।

सरस्वतीले ब्याटलमा कोच राजुको टिमबाट उपसना रिजालसँग प्रतिस्पर्धा गरेकी थिइन् । ‘सपना भई आँखामा आउने’ बोलको गीत गाउँदै गर्दा उनी बाहिरिएकी हुन् । उक्त गायन रियालिटी शोमा जानु भन्दा पहिले ४ वटा गीत गाएकी थिइन् ।सरस्वतीका गीतमा ‘भोटे कुकुर, के बाल भो, तिमी आकाश भए’ लगायत रहेका छन् ।

ती गीतहरु युट्युवमा सुन्न सकिन्छ । सरस्वतीले ‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिने क्रममा आफुलाई निकै रिस उठ्नुका साथै दुस्ख लागेको बताइन् ।उनका अनुसार बाहिर निक्लने ठाउँमा रेकर्ड होला भन्ने थाहाँ थिएन् । जसकारण उनले बोलेको ‘मुला गयो’ रेकर्ड भएको हो ।

उनले भनेकी छिन्, ‘मलाई केही थाहाँ थिएन पछि आफैंले हेर्दा अलिकती लाज लाग्यो ।’भनेकी छिन् । सबै भाकाका गीत गाउने गरेकी सरस्वती आफुले ‘पप’ गीतहरु गाउँदा अलि राम्रो हुने बताउने गरेकी छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment