काठमाडौं– काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बा४ख ५७९० नम्बरको यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेको छ। शनिबार साँझ बस बेनिघाट रोराङ गाउँपालिका-१०, हुग्दिखोलास्थित त्रिशुली किनारमा खसेको प्रहरीले जनाएको छ।
बस त्रिशुली नदी किनारमा खसेर दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएको र उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ।
क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। काठमाण्डौबाट रुकुम पश्चिम जादै गरेको यात्रु बाहक बस त्रिशूली नदीमा खसेको छ । अन्दाजी बेलुकी सवा छ बजे तिर बस त्रिशुली नदीको किनारमा खसी दुर्घटना भएको हो ।
बा ४ ख ५७९० नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न १० हुग्दिखोला स्थित पृथ्वी लोकमार्गमा सडक बाट २०० मिटर तल खसेको छ ।घाईते सवैलाई काठमाण्डौ रिफर गरेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम बहादुर खत्रिले जानकारी दिएका छन् ।
घाईतेहरुको बिवरण यस प्रकार रहेको छ ।१) बस चालक जि.धादिङ गल्छि गा.पा .८ बस्ने बर्ष २४ सुमन तामाङ टाउकोमा चोट अबस्था गम्भि काठ्माडौ रिफर २) जि.पुर्बि रुकुम सिस्ने गा.पा ४ बस्ने बर्ष १९ को भुवन के सि दुबैहात खुट्टामा चोट अबस्था मध्यम।
३) जि.रुकुम भुमि गा.पा. ५ बस्ने बर्ष अ. २१ को मदन बुढामगर टाउकोमा चोट अबस्था मध्यम ।४) जि दोलखा बैतेश्री गा.पा. ८ बर्ष २१ को श्रीकृष्ण श्रेष्ठ अबस्था मध्यम ५) जि.पश्चिम रुकुम बाफिकोट गा.पा ९ बस्ने बर्ष ३६ को मदन ब.बि.क अबस्था मध्यम
६) जि.कंचनपुर बस्ने बर्ष २४ को तेज ब. कठायत अबस्था मध्यम ७) जि.कास्कि बस्ने कृष्ण प्रसाद अधिकार अबस्था मध्यम ८ ) जि.काठमाण्डौ बस्ने अनिष लामिछाने अबस्था मध्यम ९) जि. बारा करैयामाई गा.पा बस्ने बर्ष २७ को प्रविण चौधरी अबस्था मध्यम
१०) जि.रौरहट चन्द्रपुर न.पा.२ बस्ने बर्ष २६ कि सिता मैनालि अबस्था मध्यम ११) जि.रुकुम सानोभेरी गा.पा.३ बस्ने बर्ष ५० को नर ब.खड्का अबस्था मध्यम १२) जि.रुकुम पश्चिम आठबिषकोट गा.पा ८ बस्ने बर्ष ३४ को शिब ब.शाहि अबस्था मध्यम
१३) जि.दोलखा कालिन चोक गा.पा.९ बस्ने बर्ष ३४ को अविषेक खाँति अबस्था मध्यम १४) जि.सिराहा गोलबजार न.पा.१३ बस्ने बर्ष २२ को रमेश सिंह अबस्था मध्यम १५) जि. बागलुङ निसाखोला गा.पा.बस्ने सबिन छन्त्याल अबस्था मध्यम १६) जि.रुकुम चौरजहारी न.पा १ बस्ने योगेश्रवर बि.क अबस्था मध्यम
१७) जि.रुकुम चौरजहारी न.पा १ बस्ने प्रेम सिंह बोहोरा अबस्था मध्यम १८) जि .रामेछाप मन्थलि न.पा ९ बस्ने मिलन लामा अबस्था मध्यम १९) जि.धादिङ गल्छि गा.पा. ८ बस्ने बर्ष को रत्न तामाङ अबस्था मध्यम काठ्माडौ रिफर
Leave A Comment