Latest
img

गाउँघरमा हेलाको रुपमा लिईने धेरैलाई मन नपर्ने तरकारी घिरौलाका १० बहु-उपयोगी

जानकारी: घिरौला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक हुन्छ । जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । अझ भन्नु पर्दा त प्राय मानिसले धिरौला मन पराएको पाइँदैन।

घिरौला गृष्म वर्षायामको लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ । यसमा अत्यधिक मात्रामा रेसादार पदार्थ तथा औषधीय गुण रहेको हुन्छ । यसको सेवनले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरुलाई फाइदा पुर्‍याउँछ ।

घिरौला बेर्ना सारेको ४० देखि ५० दिनमा टिप्न लायक हुन्छ। यसमा चिल्लो पदार्थको मात्रा अत्यन्तै कम हुन्छ । प्रचुर मात्रामा रेशादार पदार्थ, भिटामिन ए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण सूष्म तत्वहरु घिरौलामा पाइन्छ ।

यस्ता छन् घिरौलाका फाइदा :१. शरीरमा रहेका विशाक्त वस्तुहरुलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ ।२. रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ ।३. जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ ।

४. चिल्लो पदार्थ तथा कोलेस्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ ।५. पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन ।६. यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ ।

७. यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ ।८. यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ ।९. यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ ।१०. यसमा एन्टिबायोटिक एन्टिअक्सिडेण्ट तथा एन्टिफंगल गुणहरु पनि रहेको हुन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment