गायिका समीक्षा अधिकारीमाथि अण्डा प्रहार गरिएको छ । संखुवासभाको खाँदबारीमा शुक्रबार आयोजना भएको सांगीतिक कार्यक्रममा स्टेज चढ्ने क्रममा समीक्षामाथि ढुंगा र अण्डा हानिएको हो । तर, ढुंगा स्टेजसम्म भने पुगेन ।दर्शकदिर्घाबाट समीक्षालाई अ’ श्लि ल गाली समेत गरिएको थियो ।
सांगीतिक कार्यक्रमपछि विवाद हुँदा एक जना यूवक भने घाइते भएको प्रहरीले पुष्टी गरेको छ ।समीक्षाले स्टेजमा आफ्नो हिट गीतहरु प्रस्तुत गरेकी थिइन् । सकेसम्म समीक्षासम्म एउटा जुत्ता भएपनि पुर्याउने र उनको बेइज्जत गर्ने उद्देश्य केही यूवाहरुको रहेको आयोजकले बताएको छ ।
एक घटनाबाट विस्तारै उठ्दै समीक्षा गीतसंगीतमा सक्रिय भैरहेकी छिन् । तर, यस्ता घटनाले उनलाई अझै विक्षिप्त बनाउने विश्लेषण सांगीतिक क्षेत्रका मानिसहरु गर्दछन् ।उता कुनै समय एउटा गीत सुपरहिट थियो, ‘सान्नानी’ । यो गीत यसरी चल्यो कि, गायक बाबु बोगटी आज पनि यही गीतको क्रेडिट लिइरहेका छन् ।
उनै, बाबु र यो गीतकी मोडल नायिका नन्दिता केसी अमेरिका हानिए । बाबु बिहे गरेर अमेरिका पुगे भने नन्दिता एउटा कार्यक्रमको सिलसिलामा अमेरिका पुगेर उतै बसिन् ।उनै, बाबु र नन्दिता फेरि पनि नेपाली म्यूजिक भिडियो र फिल्म क्षेत्रमा चम्कने दौडमा छन् ।
उनीहरुले यसको सुरुवात २ वटा म्यूजिक भिडियोबाट गरे । पहिलो त, बाबुले आफ्नो हिट गीत ‘सान्नानी तिमीलाई’ नयाँ ढंगले तयार पारे । भिडियोमा पुष्प खड्का र प्रिज्मा–प्रिन्सी खतिवडालाई खेलाए । तर, गीतले कुनै कमाल गरेन ।यसपछि, उनले आफ्नो हिट जोडी नन्दिता केसीको साथमा ‘सान्नानी २’ सार्वजनिक गरे ।
यो गीत पनि चलेन । यो गीतले १० दिनमा १ लाख ८३ हजार भ्यूज पाएको छ । गीतको चर्चा कतै सुनिदैन ।बाबु र नन्दिताको जोडीले कमब्याक त गर्न खोजेको छ, तर उनीहरु सुरुवातमा भने असफल भएका छन् । आगामी दिनमा उनीहरुले गायन र अभिनय कलालाई कसरी अगाडि बढाउने हुन् हेर्न बाँकी छ ।
Leave A Comment