Latest
img

सन्दीप लामिछाने मुद्दामा मंसिर ७ गते यी दुई क्रिकेटर पनि अदालत हाजिर हुनुपर्ने

कठमाण्डौं । काठमाण्डौं जिल्ला अदालतले क्रिकेटरद्वय देव खनाल र शाहब आलम लगायत सन्दीप लामिछाने मुद्दामा अनुसन्धानमा बुझिएका मानिहरुलाई बकपत्र गराई इजलास समक्ष पेश गर्न नेपाल प्रहरीलाई आदेश दिएको छ ।

माननिय न्यायाधिश माधवप्रसाद घिमिरेको बन्द इजलासले कार्तिक १८ गते गरेको आदेशमा मंसिर ७ गते क्रिकेटरद्वय देव खनाल र शाहब आलम लगायत सन्दीप लामिछाने मुद्दामा अनुसन्धानमा बुझिएका मानिहरुलाई बकपत्र गराई सरकारी वकिल कार्यालय, काठमाण्डौं मार्फत इजलासमा उपस्थित गराउन नेपाल प्रहरीलाई आदेश दिएको हो ।

अनुसन्धानका क्रममा गौशला प्रहरी वृत्तले खनाल र आलमलाई पनि सोधपुछ र बुझ्नका निम्ति बोलाएको थियो ।अदालतले जाहेरीवाला, पिडित, बुझिएका मानिसहरु र पिडितको स्वास्थ्य परिक्षण गर्ने चिकित्सक समेतको बकपत्र गराउन र सो दिन इजलास समक्ष पेश गर्न आदेशपत्रमा उल्लेख छ ।

यसैगरी अदालतले दिएको आदेश पत्रमा सन्दीप लामिछानेले बयान साथ पेश गरेको पिडितको जन्मदर्ताको अभिलेख किताब सहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन भनि उल्लेख गरेको छ ।यसबाहेक सोही दिन न्यायाधिश घिमिरेको बन्द इजलासले जारी गरेको आदेशमा पिडितको नागरिकता प्रमाणपत्र बनाउँदा भरिएको अनुसूची फारमसहतिको प्रतिलिपी सम्बिन्धत कार्यालबाट झिकाउन आदेश गरेको छ ।

१७ वर्षीया नाबालिगमाथि ब’ ला त्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई शुक्रबार कार्तिक १७ गते पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।सन्दीपका वकिलहरुले उनी मुमाथि लगाइएको आरोप पुष्टि नहुन्जेल धरौटीमा रिहा गर्नुपर्ने माँग राखेका थिए ।

तर न्यायाधिश धिमिरेको इजलाशले सन्दीपलाई थुनामा राखि पुर्पक्ष गर्न आदेश दिएको छ ।लामिछानेलाई अदालते पुर्पक्षका लागि थुनामा राख्ने आदेशसँगै उनी गौशला प्रहरी वृत्तको हिरासतबाट केन्द्रिय कारागारमा स्थानान्तरण भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment