Latest
img

सन्दीप लामिछाने कारागार जान आँशु खसाल्दै प्रहरी भ्यान चढेको भिडियोले भावविहल बनायो

काठमाडौं । क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भएका छन् ।काठमाडौं जिल्ला अदालतले ब’ ला त्कार आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको छ ।

यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्वस्त भएको छ ।शुक्रबार ना’बालिग ब’ ला त्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

त्यस लगत्तै प्रहरीले अदालतबाट नै उनलाई केन्द्रीय कारागार लैजाने जानकारी दिए ।उनलाई प्रहरीको भ्यानमा चढाइयो । उनले आफूलाई सम्हाल्न सकेनन् । आँखाबाट आँशुका धारा बगाए । प्रहरी अधिकृतहरु समेत सम्हालिन सकेनन् । साथसाथमा उनीहरुपनि भावुक बने ।

यो भिडियोले आम नेपालीपनि भावविहल भएका छन् ।सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको ज’बर्जस्ती क’ र णीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो ।बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा ब’ ला त्कार गरेको आरोप सन्दीपमाथि छ । सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।उनी विदेशबाट फर्कनासाथ दशैँको टिकाको भोलिपल्ट विमानस्थलबाटै पक्राउ परेका थिए ।

छोटो समयमै क्रिकेटमा चम्किएका लामिछाने अन्तर्राष्ट्रियस्तरमा समेत नाम कमाउन सफल खेलाडी हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment