काठमाडौं । तिरुमाला–तिरुपति देवस्थानम ट्रष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै १०.३ टन सुन र बैंकमा ५ हजार ३०० करोड रुपैयाँ रहेको बताएको छ । यससँगै तिरुमाला-तिरुपति देवस्थानममा पनि १५,९३८ करोड रुपैयाँ नगद छ। तिरुपति मन्दिरको व्यवस्थापन गर्ने तिरुमाला-तिरुपति देवस्थानमले श्वेतपत्र जारी गरेर आफ्नो सम्पत्ति घोषणा गरेको छ।
टीटीडीका अनुसार उसको कुल सम्पत्ति २.२६ लाख करोड रुपैयाँ छ। २०१९ मा यसले विभिन्न बैंकहरूमा १३ हजार २५ करोड रुपैयाँ फिक्स डिपोजिट गरेको थियो, जुन अहिले बढेर १५ हजार ९३८ करोड रुपैयाँ पुगेको छ। अर्थात् विगत तीन वर्षमा यो लगानी २ हजार ९ सय करोड रुपैयाँले बढेको छ ।
यो पनि – “म हालसालै आफ्नो छोराको लागि झोला किन्न पसल गएको थिएँ। उनीहरूले मलाई पैसा आवश्यक छैन भन्ने ठानेर होला फिर्ता दिनु पर्ने रकम पनि दिएनन्।” दक्षिण भारतीय राज्य केरलाका अनुप बीले यस्तो परिस्थिति सामना गरेको यो पहिलो पटक भने होइन।
दुई महिनाअघि सरकारी चिट्ठा परेपछि आफ्नो जीवनमा अकल्पनीय परिवर्तन भएको बताउँछन् ३२ वर्षीय अनुप। “पहिले राम्रो सम्बन्ध भएका धेरै मानिसहरू अहिले हामीसँग बोल्न छोडेका छन्,” उनी भन्छन्। उनले गत सेप्टेम्बरको सुरुवातमा २५ करोड भारु अर्थात् करिब ४० करोड नेपाली रुपैयाँको चिट्ठा जितेका थिए।
त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा प्राप्त गरेपछि अनुप राष्ट्रिय समाचारहरूको शीर्षक बने। धेरै भारतीय राज्यहरूमा चिट्ठा गैर कानुनी छ तर केरलालगायत केही राज्यले कडा नियम लगाउँदै सञ्चालनको अनुमति दिएका छन्। तर उनको जितको खबर सार्वजनिक भएको केही दिन पछि अनुप फेरि भाइरल भए।
यस पटक उनले एक भिडिओ सार्वजनिक गर्दै पैसाको लागि आफू र आफ्नो परिवारलाई दुःख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे। त्यति बेला उनले “मैले नजितेको भए हुन्थ्यो,” भन्ने अभिव्यक्ति दिएका थिए। यसै साता बीबीसीले अनुपसँग सम्पर्क गर्दा उनी सुरुमा बोल्न हिचकिचाए।
उनले आफ्नो तस्बिरले “हरेक पटक आफूप्रति ध्यानाकर्षण गराउने” भएकाले तिनलाई प्रकाशित नगर्न पनि आग्रह गरे।“तपाईँ स्वयं यस परिस्थितिबाट गुज्रनुभयो भने मात्र यो अनुभूति कस्तो हुन्छ महसुस गर्नु हुन्छ,” उनले फोनमार्फत भने। “अचानक तपाईँले चिनेका सबै जना तपाईँको घरमा हुनु कुनै चलचित्रको दृश्यजस्तै लाग्छ।”
भान्सेबाट टुक-टुक चालक बनेका तिरुवनन्तपुरम जिल्लाका उनले एक दशकभन्दा बढी समयदेखि चिट्ठाका टिकटहरू खरिद् गर्दै आएका थिए र यसअघि पनि थोरै धनराशिको पुरस्कार जितेका थिए। तर पछिल्लो पटक जितेको चिट्ठाले उनको जीवनको रफ्तार नै बदल्दियो जसलाई पुनः लयमा ल्याउन उनी सङ्घर्ष गरिरहेका छन्। “तपाईँप्रति मानिसहरूको दृष्टिकोण रातारात परिवर्तन हुन्छ,” उनी सुनाउँछन्।
Leave A Comment