Latest
img

प्रचण्ड पत्नी सीताको अबस्थाबारे अस्पतालबाट आयो यस्तो अपडेट-

गत सोमबारमात्र अस्पतालमा १६ दिन लामो उपचार गराएर सीतालाई घर लगिएको थियो । ‘पछिल्लो पटक अस्पताल भर्ना भएदेखि नै स्वास्थ्य अवस्था झन्-झन् गम्भीर बन्दै गएको छ । तर, अहिले नै आशा मा’रिहाल्नुपर्ने अवस्था भने छैन,’ अस्पताल स्रोतले भन्यो ।

सीताको स्वास्थ्यमा छिन-छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा उपचार गरिरहेको छ ।सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सु’परान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो ।

सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् । उनको अहिले मेडिसिटीमा वरिष्ठ न्युरो रोग विशेषज्ञ डा. बाबुराम पोखरेलको नेतृत्वमा उपचार भइरहेको छ ।पीएसपी एक दुर्लभ रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ ।

यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सक बताउँछन् । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ ।तह नामक प्रोटिनको बनावटका कारण दिमागको कुनै भागको ब्रेन खराब भएमा प्रो’ग्रसिभ सु’परान्युक्लियर पाल्सी (पीएसपी) हुने गर्छ ।

तह मस्तिष्कमा हुन्छ र उच्च स्तरसम्म पुग्नु अगावै यो टुक्रिएर बिग्रने गर्छ ।पीएसपीबाट ग्रसित व्यक्तिहरूमा भने यो सही तरिकाले टुक्रिंदैन । जसका कारण मस्तिष्कमा यसको झुप्पा बन्ने गर्छ । यो झुप्पा अलग-अलग आकार तथा संख्यामा हुने गर्छ ।साथै, यो मस्तिष्कको विभिन्न भागमा हुनसक्छ ।

जसले गर्दा यसको लक्षण पनि व्यक्ति अनुसार फरक हुने गर्छ ।शरीरको चाल ढिलो भएजस्तो हुने, सन्तुलनको अभावले लडिरहने, अल्झिएलगत्तै लडिहाल्ने जस्ता समस्या देखिन्छ ।यो रोगको कारण एकिन हुँदैन । कतिपयलाई वं’शाणुगत कारणले पीएसपी रोग देखिने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार पीएसपी रो’ग देखिने मानिसमा आँखाको नानी तलमाथि गर्नसमेत समस्या हुन्छ । आँखाको चाल बिग्रिदैं गएपछि धमिलो देख्ने, दुई-दुई वटा चिज देखिने, स्पष्ट नदेखिने जस्ता लक्षण पनि देखिन्छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment