Latest
img

अष्ट्रेलिया पुगेका चर्चित गायक प्रकाश दूतराजरा आत्मह’ त्या प्रयास

काठमाडौं । युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्मह’ त्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार हिजो राति २ बजे झु’ ण्डिने प्रयास गरेको स्रोतले बतायो ।

गायिका भूमिका त्रिपाठीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झु’ ण्डिने प्रयास गरेका हुन् । उनको कोठाको ढोका खुल्लै थियो ।

झु’ ण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको आयोजक निकट स्रोतले बतायो ।दूतराजको अवस्था अहिले सामान्य छ । उनले आत्मह’ त्या प्रयास गर्नुको कारण खुलाएका छैनन् । दूतराज र भूमिका अहिले केही दिनपछि अष्ट्रेलियाबाट फर्किने कार्यक्रम छ ।

छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक हुन्, दूतराज । उनले गाएका ‘घर कता हो बैनीको…’ ‘जाम भो माइली…’ ‘चोली मैलै भो…’, ‘रेलिमाई…’ लगायत गीतहरू चर्चित छन् ।उता शुक्रबार आयोजना भएको एक सांकृतिक कार्यक्रममा गायिका समीक्षा अधिकारीमाथि ढुंगा प्रहार भयो ।

संखुवासभाको खाँदवारीमा आयोजना भएको सांगीति कार्यक्रममा क्याप लगाएर स्टेज चढेकी समीक्षामाथि ढुंगा हानिएको थियो ।तर, ढुंगा स्टेजसम्म पुगेन ।समीक्षाले भने ढुंगा प्रहार भएको थाहा पाइन् । थाहा पाएपछि उनले माइकमै भनिन्–‘प्लिज यस्तो नगरिदिनुहोला । तपाइको घरमा आमा, दिदीबहिनी छैनन् ।’

केही यूवाहरुले समीक्षाको बेइज्जत गर्नका लागि ढुंगा हानेका थिए । तर, केहीले भने उनलाई आई लभ यू समेत भन्न भ्याए ।जसको जवाफ दिदै समीक्षाले –‘आई लभ यू टू’ भनेकी थिइन् ।गायिका अधिकारी एक घटनाबाट विस्तारै बाहिरिदैछिन् । तर, बारम्बार उनीमाथि यस्ता खालका प्रहारले उनलाई अझै विक्षिप्त बनाइरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment