अष्ट्रेलियाको सिड्नीमा सोमबार दिउसो एक नेपाली विद्यार्थीको दुखद नि’धन भएको छ । ह्यारिस पार्कको ट्रेन स्टेसनमा ती विद्यार्थी युवतीको ज्यान गएको समाचार प्राप्त भएको छ । घटनाको न्युसाउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटना बारे सिड्नीस्थित नेपाली महावाणिज्यदुत दिपक खड्का र गैरआवासिय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक देब गुरुङलाई समेत युवतीका नजिकका साथीले खबर गरेका छन् ।महावाणिज्यदुत खड्का र संयोजक गुरुङले घटना भएको खबर प्राप्त भएको र थप विवरण लिने प्रयास भइरहेको पुष्टी गर्नुभयो ।
ती युवतीको साथीहरुको अनुरोधमा घटना घटेको र व्यक्तिगत विवरणहरु सबै गोप्य राखिएको छ ।यो घटनासंगै अष्ट्रेलियामा पछिल्लो दुइ हप्तामै तीन नेपाली विद्यार्थीको ज्यान गएको छ । अक्टोबर २४ तारिखमा सिड्नीमै २ महिनाअघि मात्रै अष्ट्रेलिया आएका २४ वर्षिय युवकको नि’धन भएको थियो ।
त्यस्तै नोभेम्बर २ तारिखमा सनसाइनकोष्टमा थप एक नेपाली विद्यार्थी आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए । पछि अस्पतालमा उनको नि’धनको पुष्टी भएको थियो ।पढाई, काम र परिवारदेखि टाढा आएकाले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा मानसिक तनाव समेत बढ्ने गरेको छ ।
परिवार र साथीभाईलाई आफ्नो समस्या नभन्दा समस्या झनै जटिल बन्ने गरेको छ । त्यसैले तपाईलाई पनि कुनै तनाव भएको छ भने सहयोग लिनुहोला । अष्ट्रेलियामा मानसिक तनाव भएका व्यक्तिले निशुल्क काउन्सेलिङ लिन सक्छन् । उता अष्ट्रेलियाको सिड्नीमा रहेको एउटा लोकप्रिय क्याफे ब्राण्डमाथी सरकारले ४ लाख ७५ हजार २०० हलर जरिवाना तिराएको छ ।
सिड्नीमा सञ्चालित उक्त क्याफेले इन्टर्नशिप व्यवस्थाको आडमा ताइवानी विद्यार्थीमाथी श्रम शो’षण गरेको फेयरवर्क अम्बुडस्म्यानको उजूरीका आधारमा संघीय अदालतले यस्तो जरिवाना गराएको हो ।संघीय अदालतले सिड्नीमा राम्रो ब्राण्ड बनाएको कफी ब्रान्ड अन्तर्गतको कारखाना र क्याफेहरू सञ्चालन गर्ने अष्ट्रेलियाको कम्पनीमाथी नै कारबाही प्रक्रिया अघि बढाएको हो ।
Leave A Comment