Latest
img

भोट माग्न गएका बिरोध खतिवडालाई जनताले कुटे

मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व स्वाथ्य तथा जनसख्यामन्त्री विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो ।

एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए ।मनहरी गाउँपालिका वडा नम्बर ४ गोलघरस्थित बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्ने क्रममा खतिवडामाथि कुटपिट भएको हो ।

खतिवडालाई गठबन्धनमा आवद्ध कार्यकताले कुटपिट गरेको स्रोतले बताएको छ । उनलाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताए ।खतिवडाले पटक–पटक निर्वाचित भएर पनि जनताले सोचे अनुरुप काम नगरेको भन्दै कुटपिट गरेको स्रोतको भनाई छ ।

कुटपिटमा संलग्न खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका खतिवडा मकवानपुर–२ बाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनका संयुक्त उम्मेदवार हुन् ।खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित सांसद बनेका थिए ।

सांसद भएको ३० बर्षपछि खतिवडा स्वास्थ्यमन्त्री बन्ने अवसर समेत पाएका थिए। चारपटक सांसद बनेका खतिवडा पाँचौपटक सांसद बन्ने दौडमा छन् । प्रारम्भिक अनुसन्धानमा खड्काले मा’ दक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको उनले बताए ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य गर्नका लागि आफुहरुलाई मतदान गर्न आग्रह गर्नु भएको छ । यो मुलुकमा मागेर होइन गरेर खाने वातावरणका लागि स्वतन्त्रण पार्टीलाई मत दिनका लागि आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा आज हेटौंडामा आयोजित सभामा बोल्दै उहाँले भन्नुभयो–‘तपाइहरुको पार्टी छोड्नुस भन्दीन तर, यो पटकको मत हामिलाई दिनुहोस । पुस्पलाल र विपीले वनाएको पार्टी छोड्नुस भनेको होइनकी आफ्नो मत यस पटक हामिलाई दिनुहोस ।’

भ्रष्टाचार पुरा नियन्त्रण गर्नका लागि एक पटक आफुहरुलाई मतदान गरेर देखाउन आग्रह गर्नुभयो । अब फ्रि भिस्सा फ्रि टिकट होइनकी बिदेश नजाने वातावरण तयार गर्नका लागि आफुहरु लाग्ने वताउनुभयो । हाम्रो पार्टी जितेर संसदमा गएर काम गरेनन् भने अहिले नागरिकले फूल माला लगाएर पठाएको व्यक्तिलाई यहाँ फेरी ल्याएर जनतामाझ माफि मगाउन लगाउने वताउनुभयो ।

अब पनि नेता रिसाउला, पार्टी रिसाउला भनेर हुँदैन अब मत परिवर्तन गर्न जरुरी रहेको लामिछानेले वताउनुभयो । अब कुनैपनि खुद्रा कुराकानी गरेर भन्दा पनि धेरै विकासका काम गर्नका लागि हाम्रो पार्टी सरकारमा जान जरुरी रहेको उहाँले वताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment