Latest
img

आमा म्यादी प्रहरी, छोरा पाइलट !

तस्बिरमा देखिएका दुईजना आमा छोरा हुन्,। मोरङकी ४२ वर्षीया आमा कमला भण्डारी र भर्खरै मात्र पाइलट भएका उनका छोरा हुन्। ४२ वर्षकी आमाले आगामी निर्वाचनमा म्यादी प्रहरीमा छनोट भई प्रहरी बन्ने बाल्यकालको सपना पूरा गरिन् भने छोराले पाइलट बन्ने सपना पूरा गर्दैछन् ,।

विगतमा धेरै दुख कष्ट गरेर उनले छोरालाई अरू कसैको पोशाक लगाएर विद्यालय पढाइन्,। उनले इजरायलमा करिब ११ वर्ष सम्म स्याहारसुसारको काम समेत गरिन्। उनी कुनै पनि काम सानो–ठूलो हुदैन भन्ने विश्वास गर्छिन् । आमा र छोरा दुबैले मिलेर आफ्नो सपना पुरा गर्नु उनीहरुका लागि सबैभन्दा गर्वको क्षण हो ।

यो पनि -दैलेखका महिला प्रहरी तथा म्यादी महिला प्रहरीलाई मंगलबार स्यानिटरी प्याड वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजना र त्रिभुवन माध्यामिक विद्यालय नयाँ बजार दैलेखको सहयोगमा प्याड वितरण गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय दैलेख तथा मातहतमा कार्यरत महिला प्रहरी र म्यादी महिला प्रहरीलाई प्याड वितरण गरिएकाे हाे ।प्रतिव्यक्ति ३ प्याकेटका दरले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्यानिटरी प्याड वितरण गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

यो पनि -नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका र पार्टीले सहयोग गरेका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरुलाई कांग्रेसको विधान अनुसार निष्कासन गरेको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।

अनुशासन समितिले ७४ जनाको नाम सार्वजनिक गर्दै उनीहरुलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन पार्टीका विभिन्न समितिलाई निर्देशन दिएको छ । अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावलीहरु समेत अभिलेखबाट हटाइने समितिले बताएको छ ।

निष्कासनमा पर्नेहरुमा चितवन-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद अमरेशकुमार सिंह, महाधिवेशन प्रतिनिधि महादेव गुरुङ, गोकर्णेश्वर नगरपालिकाका नगर सभापति श्रीकृष्ण जोशीलगायत रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment