सुर्खेत । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ ।पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा मंगलबार साँझ जुत्ता प्रहारको प्रयास भएको हो ।
मंगलबार सुर्खेत विमानस्थलमा अवतरण गरी नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्कालाई लिएर जुम्ला जाने कार्यतालिका रहे पनि प्रतिकुल मौसमका कारण प्रचण्ड सवार हेलिकप्टर सल्यान पुगेको थियो ।चुनावी सम्बोधनपछि उपसभापति खड्कालाई छोड्न चिङ्गाड पुगेका अध्यक्ष प्रचण्डमाथि पूर्वमाओवादी लडाकुसमेत रहेका थिए ।
उनि हाल आफुलाई स्वतन्त्र बताउने कमल खत्रीले जुत्ता प्रहार गर्न खोजेको सुर्खेत प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । ‘चिङ्गाडको ठाँटी बजारस्थित मटेलामा अध्यक्ष प्रचण्ड पुग्नु भएको थियो, निज कमलले जुत्ताको माला झोलामा बोकेर ल्याएका रहेछन्, उनले झोलाबाट जुत्ताको माला निकाल्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।’ एक प्रहरी अधिकारीले भने ।
मटेला प्रहरीले नियन्त्रणमा लिएका युवालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा राखिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । ति प्रहरी अधिकारीका अनुसार प्रचण्डलाई जुत्ता प्रहार गर्न नपाउँदै प्रहरीले जाेगाएको हाे । घटनामा संलग्न युवामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व स्वाथ्य तथा जनसख्यामन्त्री विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो ।
एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए ।मनहरी गाउँपालिका वडा नम्बर ४ गोलघरस्थित बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्ने क्रममा खतिवडामाथि कुटपिट भएको हो ।
खतिवडालाई गठबन्धनमा आवद्ध कार्यकताले कुटपिट गरेको स्रोतले बताएको छ । उनलाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताए ।खतिवडाले पटक–पटक निर्वाचित भएर पनि जनताले सोचे अनुरुप काम नगरेको भन्दै कुटपिट गरेको स्रोतको भनाई छ ।
कुटपिटमा संलग्न खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका खतिवडा मकवानपुर–२ बाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनका संयुक्त उम्मेदवार हुन् ।खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित सांसद बनेका थिए ।
सांसद भएको ३० बर्षपछि खतिवडा स्वास्थ्यमन्त्री बन्ने अवसर समेत पाएका थिए। चारपटक सांसद बनेका खतिवडा पाँचौपटक सांसद बन्ने दौडमा छन् । प्रारम्भिक अनुसन्धानमा खड्काले मा’ दक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको उनले बताए ।
Leave A Comment