स्याङ्जा – गायक खुमन अधिकारीलाई पितृशोक परेको छ ।गायक अधिकारीका बुवा मुक्तिराम अधिकारीको मंगलबार राती नि’धन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । ८१ वर्षीय अधिकारी लामो समयदेखि बिरामी रहेका थिए ।
दशैं अघिसम्म काठमाडौंमै उपचार गराईरहेका अधिकारीको स्वास्थ्यमा सुधार आएपछि स्याङ्जाको गुरुङ्दीस्थित घरमा लगिएको थियो । तर, मंगलबार बिहानदेखि एक्कासी स्वास्थ्य अवस्था बिग्रिएका अधिकारीको राती निधन भएको गायक अधिकारीले जनाएका छन् ।स्वर्गीय अधिकारीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । गायक अधिकारी कान्छा छोरा हुन् ।
यो पनि – चुनाव आउन अब १२ दिन बाँकी छ । मतदानको दिन नजिकिएसँगै सेलिब्रिटीमाझ पनि चुनावी माहौल तातिंदो छ । केही सेलिब्रिटी दल र उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । खुलेरै ती उम्मेदवारको पक्षमा भोट माग्नेदेखि आफूले उनीहरुलाई भोट हाल्ने सार्वजनिक पनि उनीहरुले गरेका छन् ।
नेपाली संगीत र फिल्म क्षेत्रका कलाकारको ठूलो हिस्सा खास राजनीतिक आबद्ध भएको कुरा नौलो रहेन । तर पछिल्लो छिमलका कलाकार पनि खास उम्मेदवार र दलप्रति खुलिरहेका छन् ।र्यापर आशिष राना ‘लाउरे’ गण्डकी प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बिन्दुुकमार थापाको पक्षमा खुलेका छन् ।
थापा गण्डकीका बहालवाला मन्त्री समेत हुन् । इन्स्टाग्राममा भिडियो सन्देश जारी गर्दै लाउरेले संविधानले दिएको उम्मेदवार छनोट गर्ने आफ्नो अधिकारलाई ख्यालमा राख्दै आफूले थापालाई भोट दिने निधो गरेको उल्लेख गरेका छन् ।अभिनेता तथा निर्देशक निर्मल शर्मा काठमाडौं-४ का मतदाता हुन् ।
उनले कांग्रेस उम्मेदवार गगन थापासँगको तस्वीर सेयर गर्दा यसले सामाजिक सञ्जालमा समेत चर्चा पाएको थियो ।उनै शर्मा काठमाडौं-१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमको चुनावी कार्यक्रममा समेत देखिएका थिए । उनीसँगै फिल्म निर्देशक निश्चल बस्नेत पनि बमको कार्यक्रममा थिए ।
निश्चलले त अर्का स्वतन्त्र उम्मेदवार श्री गुरुङको पक्षमा समेत भोट मागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हिमेश पन्तको पक्षमा पनि केही कलाकारले भोट मागिरहेका छन् ।मंसिर ४ गते नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ ।
Leave A Comment