Latest
img

जापानमा नेपालीले चलाएको कारको ठक्करबाट एक जनाको नि’धन, अर्का गम्भिर

जापान ।जापानको ओसाकामा नेपाली नागरिकले चलाएको कारको ठक्करबाट एक जापानीको नि’धन भएको छ ।जापानी समाचार संस्थामा प्रकाशित विवरण अनुसार सडक पार गर्ने जेब्रा क्रसिंगमा विपरित दिशाबाट आएको स्कुटरलाई जोगाउन खोज्ने क्रममा ठक्कर दिन पुगेको थियो ।

सोही क्रममा जेब्रा क्रसमा रहेका पैदल यात्री समेतलाई गाडिले ठक्कर दिएको थियो । जसका क्रममा २ जनालाई ठक्कर दिँदा एक जनाको मृ’त्यु र एक जना गम्भिर घाइते भएका छन् ।दुर्घटना के कसरी भयो विस्तृत विवरण नखुलेको समाचारमा उल्लेख छ ।

दुर्घटनाका चालक नेपाली व्यक्ति निकट व्यक्तिहरुले दिनुभएको जानकारी अनुसार श्रीमतीसँगै विहान रेष्टुरेण्ट संचालनको लागि जाँदै गरेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते चालकको अझै अस्पतालमा उपचार जारी छ भने उहाँको श्रीमती सामान्य उपचार पछि डिस्चार्ज हुनुभएको छ ।

समाचार अनुसार जोभेम्वर ७ तारिख बिहान ९ बजेर ४३ मिनेटमा मिनामिगुची ३ चोमे हिगाशियोदोगावा कु ओसाकाको चोकमा हल्का यात्रुवाहक कारले स्कुटर चालकलाई ठक्कर दिएर अगाडी पैदल यात्रुलाई समेत घाइते बनाएको थियो ।कारको ठक्करबाट बेरोजगार रहेका ७१ बर्षिय बृद्ध हारुओ योशिदाको नि’धन भएको छ ।

स्कुटरमा सवार २८ वर्षीय युकी हयासीको टाउको ठोक्किएर बेहोस भएका थिए । उनको उपचार भइरहेको र कारको ठक्करबाट अर्का एक जना सामान्य घाइते भएका छन् ।ओसाका प्रिफेक्चरल प्रहरीले ओसाका शहरको निशियोडोगावा वार्डमा रेस्टुरेन्ट व्यवसायमा काम गर्ने कार चालक ४८ वर्षीय नेपाली व्यक्तिलाई पक्राउ गरेको छ ।

अटोमोबाइल ड्राइभिङ मृत्यु र चोटपटक सजाय ऐन उल्लङ्घन गरेको आरोपमा कारका चालकलाई पक्राउ गरेको बताइएपनि ति नेपालीको परिचय खुलाइएको छैन ।घाइते चालक अस्पतालमा भर्ना भएकाले, प्रिफेक्चरल प्रहरीले व्यक्तिलाई रिहा गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

लापरवाहीपूर्वक ड्राइभिंग गर्दा मृ’त्यु र चोटपटक घटना भएको आशंका सहित प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।तस्बिर : फाइल

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment