Latest
img

Breaking: पत्रकार सराेज अधिकारी सुन्धाराकाे हाेटेलमा मृत अवस्थामा फेला

पत्रकार सराेज अधिकारी सुन्धारास्थित सिदार्थ हाेटेलमा मृत अवस्थामा भेटिएका छन्। यही कात्तिक २१ गतेदेखि सम्पर्कविहीन रहेकाे अधिकारी बुधबार सिदार्थ हाेटेलकाे एक काेठमा मृत भेटिएकाे काठमाडाैँ प्रहरी प्रमुख एसएसपी देबबहादुर बाेहराले जानकारी दिए।

२१ गतेदेखि सम्पर्कविहीन रहेका उनकाे खाेजीकाे लागि श्रीमतीले आज मात्रै महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्। निवेदन पश्चात प्रहरीले खाेजी गर्दा अधिकारी हाेटेलमा मृत भेटिएका हुन्। उनले आत्मह’ त्या गरेकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ।

प्रहरीका अनुसार सुन्धारामा रहेको सिद्धार्थ होटलमा अधिकारी मृत फेला परेका हुन् । होटलको ५०२ नम्बर कोठामा उनी मृत भेटिएका हुन् ।उनी तीन दिनदेखि होटलमा बस्न पुगेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृत अबस्थामा भेटिएका अधिकारीले चन्द्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।उनले कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका थिए। उता काठमाडौं वसुन्धरामा ट्रक र स्कुटर ठोक्किँदा दुईजनाको मृ’त्यु भएको छ ।

प्रहरीका अनुसार मृ’त्यु हुनेमा कास्कीका ४७ वर्षीय बेलबहादुर रानामगर र कास्कीकै ४१ वर्षीया कल्पना रानामगर रहेका छन् ।नारायण गोपाल चोकबाट वसुन्धरातर्फको सडकमा ना ८ ख १८४१ नम्बरको ट्रक र बा प्र २—०३२ प २२२७ नम्बरको स्कुटर ठोक्किएका थिए ।प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै उता प्रदेश १ सरकारले बिहीबार प्रदेश १ मा सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको नि’धन भएको शोकमा विदा दिएको हो ।गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा नि’धन भएको थियो ।

प्रदेश सरकारले बिहीबार एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले जानकारी दिए ।थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment