Latest
img

तिन दिनदेखि सुन्धाराको होटलमा बसेका पत्रकार सरोजले किन गरे आत्मह’ त्या ?

काठमाडौँ – पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला परेका छन्। अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोरा जानकारी दिए।

एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन्। ‘निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गर्‍यो। ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखियो,’ एसएसपी बोहोराले भने, ‘त्यहाँ गएर जाँच गर्दा होटलमा उनले नाम इन्ट्री गरेको देखियो।

उनकी श्रीमती र प्रहरी गएर सुन्धारामा रहेको सिद्धार्थ होटलको कोठामा जाँच गर्दा अधिकारी पंखामा झु’ न्डिएको अवस्थामा मृत फेला परेका हुन्।’उनि होटलको ५०२ नम्बर कोठामा उनी मृत भेटिएका हुन् ।उनी तीन दिनदेखि होटलमा बस्न पुगेको जनाइएको छ ।

अधिकारीको मृ’ त्यु छ बजेदेखि ७ बजेभित्र भएको अनुमान भए पनि उनी दुई दिनदेखि त्यहीँ बसेको देखिएकाले यकिन नभइसकेको उनले बताए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार पत्रकार अधिकारी उक्त होटलको कोठा नम्बर ५०२ मा पंखामा झु’ न्डिएको अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ। अधिकारीले आत्मह’ त्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरिसकेका अधिकारीका ‘धम्बोजी, ‘नोरा’, ‘जासुसीको जालो’ र ‘चक्रव्यूहमा चन्द्रसूर्य’ किताब पनि प्रकाशित छन्।

राष्ट्रिय मुलधारका पत्रपत्रिकामा काम गरिसकेका पत्रकार अधिकारी पछिल्लो समय आफ्नो युट्युव च्यानल एसआरए सो मार्फत आफुलाई प्रस्तुत गर्दै आएका थिए ।उनले आफ्नो युट्युव च्यानल मार्फत नेपालमा भारतले खु।फिया एजेन्सी र मार्फत गराएका ह’
त्याका’ण्डहरुका खोजिमुलक भिडियोहरु प्रस्तुत गरेका थिए

मृत भेटिएका अधिकारि पछिल्लो समय समकालिन राजनीतिको बारेमा विश्लेषणात्मक भिडियो बनाउँदै आएका थिए । जसमा उनले पारस शाहको ह’ त्या गरेर भारतले नेपालमा बेबि किगं स्थापनाको योजना बनाएको सनसनीपूर्ण खोजि रिपोर्ट समेत प्रस्तुत गरेका थिए ।त्यस्तै उता काठमाडौं वसुन्धरामा ट्रक र स्कुटर ठोक्किँदा दुईजनाको मृ’त्यु भएको छ ।

प्रहरीका अनुसार मृ’त्यु हुनेमा कास्कीका ४७ वर्षीय बेलबहादुर रानामगर र कास्कीकै ४१ वर्षीया कल्पना रानामगर रहेका छन् ।नारायण गोपाल चोकबाट वसुन्धरातर्फको सडकमा ना ८ ख १८४१ नम्बरको ट्रक र बा प्र २—०३२ प २२२७ नम्बरको स्कुटर ठोक्किएका थिए ।प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment