Latest
img

चिठ्ठामा जितेको करोडौ रकम श्रीमतीले थाहा नपाउँन भनेर यी बिजेताले लगाए यस्तो आइडिया

काठमाडौँ – चीनका एक व्यक्तिले ३० मिलियन डलर बराबरको लोटरी जितेपछि उक्त रकम के गर्ने भन्ने योजना नबनाउँदासम्मका लागि श्रीमती र बच्चाहरू थाहा नदिने उपाय अपनाएका छन् ।लीले २१९ मिलियन युआन जितेका थिए जुन जुन करिब ३० मिलियन डलर बराबर हो ।

गुआङ्सी वेलफेयर लोटरीले वी च्याटमार्फत एक प्रेस विज्ञप्ति जारी गरेर विजेताले ली उपनाम अन्तर्गत गुमनाम रूपमा आफ्नो पुरस्कार दाबी गरेको बताएको छ । प्रेस विज्ञप्तिमा संलग्न तस्बिरहरू अनुशार लीले आफ्नो पुरस्कार दावी गर्दा आफ्नो अनुहार र शरीरलाई पूर्ण रूपमा ढाक्ने पहेंलो मस्कट पोशाक लगाएका थिए ।

गुआङ्सी वेलफेयर लटरीका अनुशार लीले लगाएको मस्कट पोशाकको नाम फुडो हो र यसले नानिङमा आधारित चिठ्ठाको प्रतिनिधित्व गर्छ। लीले गुआङ्सी वेलफेयर लटरी जारी केन्द्रको महासचिव र पार्टी शाखाका निर्देशक लान टिंगबाट नगद चेक स्वीकार गरेका थिए ।

लीले सामाजिक कल्याण्डकालागि गुआङ्सी वेलफेयर लटरी सेन्टरलाई झण्डै ७ लाख अमेरिकी डलर दान गरेका छन् । बृद्ध, अशक्त, अनाथ र खाँचोमा परेकाहरूलाई मद्दत गर्ने जस्ता असल कामहरूमा उनले दान गरेका हुन् ।गुआङ्सी वेलफेयर लटरीका अनुशार लीले लगाएको मस्कट पोशाकको नाम फुडो हो र यसले नानिङमा आधारित चिठ्ठाको प्रतिनिधित्व गर्छ।

लीले गुआङ्सी वेलफेयर लटरी जारी केन्द्रको महासचिव र पार्टी शाखाका निर्देशक लान टिंगबाट नगद चेक स्वीकार गरेका थिए ।लीले सामाजिक कल्याण्डकालागि गुआङ्सी वेलफेयर लटरी सेन्टरलाई झण्डै ७ लाख अमेरिकी डलर दान गरेका छन् । बृद्ध, अशक्त, अनाथ र खाँचोमा परेकाहरूलाई मद्दत गर्ने जस्ता असल कामहरूमा उनले दान गरेका हुन् ।

लीले आफ्नो जितको बारेमा आफ्नो परिवार वा साथीहरूलाई सूचित गरेका नगरेको तथा पैसा के गर्ने भनेर निर्णय नगर्दासम्म जानकारी नदिने बताएका हुन् । लोटरी जितेको थाहा पाएमा भविष्यमा काम वा कडा परिश्रम नगर्ने भएकाले श्रीमती र छोराछोरीहरुलाई थाहा नदिएको उनले बताएका छन् ।

लीले चिठ्ठा जितेको थाहा पाएपछि आफू नर्भस भएको र सुत्न नसकेको बताए । जितेका टिकटहरु गुम्नसक्ने डरले उनी एक दिन पछि नानिङमा एउटा होटेलमा आएर लुकेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment