Latest
img

भोट नदिने मतदातालाई पि’ट्ने एमाले उम्मेदवारको धम्की

काठमाडौँ – महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधिसभाकी उम्मेदवार लक्ष्मी महतोले आफूलाई भोट नदिए चुनावपछि देखाइदिने भन्दै मतदातालाई ध’म्की दिएका छन्।

गौशालास्थित रेडियो जुनतारामा मैथिली भाषामा अन्तर्वार्ता दिने क्रममा उनले आफूलाई भोट नदिने मतदातालाई पि’टिदिनेसम्मको ध’म्की दिएका थिए। उनले यो ध’म्की एफएमबाट दिएको उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

उनलाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को (थ) मा ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने’ व्यवस्था रहेको भन्दै आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो।

आयोगले महतोलाई स्थानीय रेडियोमार्फत मतदातालाई लक्षित गरी ध’म्कीपूर्ण भाषा बोलेकोमा स्पष्टीकरण सोधिएको जनाएको छ। महतोले गौशालास्थित रेडियो जुनतारामा मैथिली भाषामा दिएको अन्तरवार्तामा भोट नदिनेलाई पिटिदिने पनि चेतावनी दिएका थिए।

‘अहिले चुनावका कारण धेरै दम राखेको छु । चुनावपछि देखाइदिन्छु । हारे पनि के हुन्छ, म सबैलाई तह लगाइदिन्छु, चाहे त्यो जुनसुकै कार्य क्षेत्रको होस् । कुरा बुझ्नुभो नि, तपाईंले भोट दिनुहुन्न मलाई के फरक पर्छ, यहाँ त मेरै सरकार छ । त्यस्तो मान्छेलाई पि’ट्दिन भने के खुट्टा ढोगौँ।

खुट्टा ढोगेर काम लाग्छ’, उनले मैथिलीमा ध’म्की दिँदै भनेका थिए,’मलाई मत नदिनुस् तर मैले केही दिन पहिले नै गौशाला बजारमा नगरपालिका र प्रहरीलाई भन्दा म आफैँ गएर एकाध थप्पड पिटेँ। मैले चुनावका कारण धेरै धैर्य राखेको छु। चुनावपछि देखाइदिन्छु।’

महतो जनता समाजवादी पार्टी नेपाल (जसपा) मा टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए। प्रवेश गरेलगत्तै एमालेका सचिव रघुवीर महासेठले उनलाई टिकट दिएर महोत्तरी–१ बाट उम्मेदवार बनाएका थिए। जसपाबाट उम्मेदवार बन्न अन्तिम समयसम्म तयारी गरेका महतो एमाले प्रवेश गरेर चुनावी मैदानमा छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment