Latest
img

परदेशी भुमि टेकेको १ महिनामै ज्यान गुमाएकी ढुंगेलको श’व नेपाल पठाइयो, अर्को पठाउने तयारी

भ्यालेटा– माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृ’त्यु भएकी इलाम सूर्योदयकी विनिता ढुंगेलको श’व बिहीबार नेपाल पठाइएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्याल सहितको पहलमा ढुंगेलको श’व परिवारलाई पठाइएको हो।

माल्टा पुगे पनि काम नथाल्दै मृ’त्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको अर्यालले बताए। तर, माल्टामा रहेका नेपालीहरुले सहयोग संकलन गरेर श’व पठाइएको उनले बताए। माल्टाको कानुनी व्यवधान समाधानका लागि कूटनीतिक पहल भएको अर्यालले बताए।

४५ दिन अघि रोजगारीका लागि माल्टा पुगेकी ढुंगेल पुगेको भोलिपल्टदेखि नै डेंगुको उपचारका लागि अस्पताल भर्ना हुनुपरेको थियो। एनआरएनए माल्टाकै पहलमा ढुंगेलको उपचार भएको थियो। ढुंगेल काम गर्नका लागि गएको कम्पनीले पनि आवश्यक सहयोगको प्रतिबद्वता जनाएको थियो।

यो पनि – मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ ।यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको नि’धन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको हो ।

नेपाली कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले लिम्बुले टिकट पाएको जानकारी दिए ।पार्टीको निर्णयपछि टिकट पाएका लिम्बुले मनोनयन दर्ताको तयारी गरिरहेको उनले बताए । निर्वाचन आयोगले निधन भएर खाली रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई आज १ बजेसम्मको समय दिएको छ ।

लिम्बु नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार नि’धन भएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट दिलिप राईसहित ५ जना उम्मेदवार छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment