Latest
img

शंकर क्षेत्रीसँग सम्बन्धबिच्छेद गरेपछि हरेक दिन धोका दिए भन्दै रुँदै अन्र्तवार्ता दिइन् जेरीले

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज सम्बनध विच्छेद गरेका छन् ।गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।

लामो समयदेखिको विवादका कारण सामाजिक सञ्जाल तताइरहेका उनीहरुले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर डिभोर्स गरेका हुन्। उनीहरुले सहमतिमै सम्बन्धबिच्छेदका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया नपुगेर उनीहरुको डिभोर्स भइसकेको थिएन।

बिहीबार अदालत पुगेर सम्बन्धबिच्छेदको कागजमा हस्ताक्षर गरेका हुन्। तीन वर्षअघि बिहे गरेका उनीहरुबाट एक छोरीको जन्म भएको छ। छोरीलाई भने जेरीले नै लालनपालन गर्ने भएकी छन्। उनीहरु दुवैजना लोकदोहोरी गायनबाट चर्चामा आएका थिए। दुवैले मिलेर दुईवटा दोहोरी साँझ पनि खोलेका थिए।

यसअघि जेरीले आफ्ना नराम्रा कुरा सुधार्छु भन्ने सहमति गरे आफू अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार रहेको शंकरले बताउँदै आएका थिए। ‘…धेरै आन्तरिक कारण छन्’, शंकरले भनेका त्यसबेला भनेका थिए, ‘डिभोर्समा साइन भएको दिन मात्रै ती कुराहरू खोल्नेछु। प्रुफसहितका कारणहरू बताउनेछु।’

यी दुई बिच शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइउको छ । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ ।’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । यी दुई बिच लामो समय प्रेम सम्बन्ध भएपछि विवाह भएको थियो । अलग हुने खबर भए पछि फ्यानहरु दुखी भउका थिए । डिर्भोस भएपछि जेरीले भने शंकरले आफुलाई सधै दुख दिने गरेको बताइन् । उनी रुदै मिडियामा आएकी थिइन् ।अंतर्बर्तामा जेरिले संकर माथि केहि गम्भीर आरोप समेत लागेकी छिन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment