Latest
img

स्पेनमाको एउटा यस्तो ठाउँ जाहाँ सिंगो गाउँ नै बिक्रीमा, मूल्य कति ?

म्याड्रिड । सिंगो गाउँ नै बिक्री भएको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, स्पेनमा यस्तो घटना हुने भएको छ । उत्तर पश्चिमी स्पेनको ‘साल्टो डी क्यास्त्रो’ गाउँ बिक्रीमा राखिएको छ ।यसको मूल्य दुई लाख ५९ हजार अमेरिकी डलर तोकिएको छ ।

पोर्चुगलको सीमानासँग जोडिएको जामोरा प्रान्तमा रहको साल्टो डी क्यास्त्रो गाउँ राजधानी म्याड्रिडबाट तीनदेखि चार घन्टाको ड्राइभबाट पुग्न सकिन्छ । सानो स्पेनी सहरमा भेटिने खालका थुप्रै भवन यहाँ पनि रहेका छन् । यस गाउँका वर्तमान मालिकले सन् २००० को सुरुमा गाउँलाई पर्यटकीय थलोमा परिणत गर्ने उद्देश्यले यसलाई किनेका थिए ।

यहाँ कूल ४४ वटा घर, एउटा होटेल, एउटा चर्च, एउटा विद्यालय, एउटा महानगरीय पौडी पोखरी र सबैका घरमा सुरक्षा प्रदान गर्न प्रयोग हुने एउटा ब्यारेक भवनसमेत छ । तर यो गाउँमा बस्ने मानिसहरू भने कोही छैनन् ।तर, युरोजोन समस्याको कारण उनको योजना साकार हुन सकेको थिएन ।

ती व्यक्तिलाई प्रतिनिधित्व गर्ने कम्पनी रोयल इन्भेस्टका रोन्नी रोड्रिग्वेजले उनको यहाँ एउटा होटेल खोल्ने सपना पनि पूरा नभएको तर उनी अझै आफ्नो परियोजनाले वास्तविक रूप लिने आशमा रहेको बताएका छन् । आइडियलिस्टा वेबसाइटमा गाउँ बिक्रीको सूचना राखेका ती नाम नखुलाइएका ८० वर्षीय मालिकले भनेका छन्, “म सहरी वासिन्दा हुँ ।

र, मैले यस गाउँको मर्मत सम्भार गर्न नसकेकाले यसलाई बेच्दै छु ।”गत साता विज्ञापनमा राखिएको यस साइट यति लोकप्रिय भएको छ कि अहिलेसम्म यसलाई ५० हजार पटक भन्दा बढी हेरिएको छ ।एजेन्सी

यो पनि -चीन सरकारले इन्जिनियरिङ विषयमा स्नातक र स्नातकोत्तर तह अध्ययन गर्न चाहने २४ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा अध्ययन गर्न चाहने विद्यार्थीबाट छात्रवृत्तिका लागि आवेदन खुलाएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ विषयको स्नातक र स्नातकोत्तर तहका लागि इन्जिनियरिङ संस्थान पुल्चोक र कृषि विषयका लागि त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले सन् २०२३/२४ का लागि चीन सरकारबाट प्राप्त हुने छात्रवृत्तिका लागि आवेदन दिनसक्ने छन् ।

स्नातक तहका लागि २५ वर्ष र स्नातकोत्तर तहका लागि ३५ वर्ष पूरा नभएको हुनुपर्नेछ । बायो मेडिकल इन्जिनियरिङ, एभिएसन एन्ड एरोनटिकल इन्जिनियरिङ, बायोइन्जिनियरिङ एन्ड बायोटेक्नोलोजी, केमिकल इन्जिनियरिङ, माइनिङ, आयल एन्ड ग्यास, पेट्रोलियम इन्जिनियरिङका प्रत्येक विषयमा साधारण र महिलामा एकएक गरी दुई जनाले छात्रवृत्ति पाउने छन् ।

रेल्वे इन्जिनियरिङमा भने साधारण दुई र महिला एक गरी तीन जना छनौटमा पर्ने छन् । त्यस्तै जियोमेट्रिक्स इन्जिनियरिङमा एक जना, एरोस्पेस इन्जिनियरिङमा दुई जना, इलेक्ट्रिकल इन्जिनियरिङमा दुई जना, रक एन्ड टनेल इन्जिनियरिङमा एक जना, कम्प्युटर इन्जिनियरिङमा एक जना र एग्रिकल्चर इन्जिनियरिङमा दुई जनाले छात्रवृत्ति पाउने छन् ।

यसबाहेक एग्रिकल्चर बायो-टेक्नोलोजी, एग्रिकल्चर बायो-केमेस्ट्री, हर्टिकल्चर र एनिमल साइन्सका विषयमा दुई दुई जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्तिमा चीन अध्ययन गर्न चाहने विद्यार्थीले यही कात्तिक २५ देखि मंसिर १० गतेभित्र मन्त्रालय अन्तर्गतको छात्रवृत्ति शाखा, सानोठिमी भक्तपुरमा दरखास्त दिनुपर्नेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment