Latest
img

कपनको खहरे दुईवर्षमा समाधान गर्न नसके फेरि मत माग्न आउदिनँः गगन थापा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनमा खहरेको समस्या दुई वर्षमा समाधान नगरे पुनः मत माग्न नआउने बताएका छन् ।बुढानीलकण्ठको वडा नम्बर १० मा घरदैलो प्रचारको क्रममा उनले मतदातासँग उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्कोपटक तपाईंहरुको वीचमा मत माग्न आउँदैनौं, थापाले भने । घर अगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्य सहित मत माग्न आएको उनले बताए ।

सामान्य वर्षा हुँदा समेत काठमाडौंको कपन क्षेत्रमा बाढी आउँछ । वर्षातको समयमा कपन बाढीले स्थानीयलाई सास्ति पु¥याइरहेको छ । बुढानीलकण्ठ वडा नम्बर ११ र त्यसै पालिकाको वडा नम्बर १२ हुँदै वडा नम्बर १० तिर यो बग्छ । यो समस्या समाधान गर्न बाढी नियन्त्रणका लागि ‘बक्स कल्भर्ट’ बनाउने गरी नयाँ योजना अघि बढे पनि त्यसले अन्तिम रूप पाएको छैन ।

आनी गुम्बामा १६ फिटको बक्स कल्भर्ट’ बनाइएको छ । बाढीको समस्या समाधान गर्न उक्त बक्स कल्भर्ट आनी गुम्बादेखि साततलेसम्म बन्नुपर्दछ । माथिल्लो भागमा बक्स कल्भर्ट बन्ने प्रक्रिया सुरु भए पनि तल्लो भागतिर निर्माणले गति लिएको छैन ।बाढी नियन्त्रणका लागि चरण–चरण गरी सवा अर्ब बढी रुपैयाँ बढी बजेट विनियोजन भइसकेको छ ।

तर, दीर्घकालीन समाधान निस्केको छैन ।दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले कांग्रेस महामन्त्री थापाले ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाएका थिए । उनको प्रस्तावलाई मन्त्रिपरिषदले स्विकृत गरेको छ । कपन क्षेत्रको डुवान नियन्त्रणका लागि अघिल्लो महिना पुनः टेण्डर खुलेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment